Ultimate magazine theme for WordPress.

नेपालगन्ज विमानस्थलमा बुद्ध एयरको विमानमा स्याल ठो’क्कियो

148

नेपालगन्ज विमानस्थलमा विमानमा स्याल ठो’क्किएको छ । काठमाडौंँबाट नेपालगन्ज आएको बुद्ध एयरको एब्रो जहाज नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा विमानमा स्याल ठोक्किएको हो ।

बुधबार सांझ ७ बजेर ५ मिनेटमा विमान अवतरण गरिरहेको बेला धावनमार्गमा स्यालसंग ठो’क्किएको नागरिक उड्यन कार्यालय नेपालगञ्जले जनाएको छ ।सो कार्यालयका प्रमुख सुभाष झाले बुद्ध एअरको विमान अवतरण गरेर धावनमार्गमा दौडिरहेको बेला स्यालसंग ठो’क्किएको र विमान तथा यात्रुहरु सबै सुरक्षित रहेको बताउनुभयो ।

उहाँले सो विमान अवतरण गरे लगत्तै श्री एअरको विमान समेत अवतरण गरेको जनाउँदै धावनमार्गमा गएर हेर्दा स्यालका शरीका भागहरु टु’क्रा भएको अबस्थामा फेला परेको बताउनुभयो सो घट्ना पश्चात एक घण्टादेखि विमानस्थलबाट कुनै उडान नगरिएको र श्रीयरले काठमाडौका लागि उडान गर्ने तयारी गरेको विमानस्थलले जनाएको छ ।

स्याल ठो’क्किएको विमानको परीक्षण गरेर मात्रै उडान गरिने हुँदा बुद्ध एयरको अर्को विमान काठमाडौबाट आइरहेको पनि नागरिक उड्यन कार्यालयले जनाएको छ । स्याल ठो’किदा जहाजको नोजल गेयरमा स’मस्या आएकोले सो चे’कजाँचका लागि काठमाण्डौबाट इञ्जिनियरकाे टाे’ली बाँकै आइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुदन न्याैपानेले बताउनुभयो ।

दुई साता अघि मात्र नेपालगञ्जबाट मुगु उडानको लागि धावन मार्गमा दौ’डीरहेको सीता एयरको टु’इनेटर जहाजमा तीन वटा बँदेल ठो’क्किएका थिए ।सो घट्नापछि धावनमार्ग वरिपरिको घाँस र झाडीलाई सफा गरिएपनि अहिले फेरी जहाज स्यालसंग ठो’क्किएको छ ।