Ultimate magazine theme for WordPress.

बस र माइक्राे एकआपसमा ठ’क्कर खाँदा आठ यात्रु घा’इते

73

बुटवल- पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको मुर्गियामा बिहीबार बिहान दुईवटा सवारीसाधन एकआपसमा ठ’क्कर खाँदा आठ यात्रु घा’इते भएका छन् ।

काठमाडौंदेखि दाङ जाँदै गरेको ना ६ ख २३३१ नम्बरको यात्रुबाहक बस र रुपन्देहीको हरैयाबाट बुटवलतर्फ आउँदै गरेको माइक्रोबस बिहान करिब ६ बजे सैनामैना नगरपालिका-४ मुर्गियामा एकआपसमा ठ’क्कर खाँदा दु’र्घटना भएकाे हाे ।दु’र्घटनामा दुबै सवारीसाधनका चार/चार जना यात्रु घा’इते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

घा’इतेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।उता बुधबार राति चितवनमा बोलेरोको ठ’क्करबाट एक जनाको मृ’त्यु भएको छ। पूर्व पश्चिम राजमार्गमा पर्ने राप्ती नगरपालिका २ मा राति ८ बजे भण्डाराबाट लोथरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ च १३७५ नम्बरको बोलेरोले ठ’क्कर दिँदा दु’र्घटना भएको हो।

दु’र्घटनामा मकवानपुरको मनहरी गाउँपालिका ६ का ४४ वर्षीय रघुनाथ श्रेष्ठको मृ’त्यु भएको प्रहरीले जनाएको छ। सडकमा पैदल हिँड्दै गर्दा श्रेष्ठलाई बोलेरोले ठ’क्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। दु’र्घटनापछि चालक फरार छन्।

ठ’क्कर दिने बोलेरोलाई भने प्रहरीको नियन्त्रणमा राखेको छ। बोलेरोको ठ’क्करबाट श्रेष्ठको मृ’त्यु भएपछि स्थानीयले केहीबेर सडक अ’वरुद्ध गरेका थिए।