Ultimate magazine theme for WordPress.

इन्जिनियरको घरमा जडान गरिएको पानीको पाइपबाट पानीको सट्टामा पैसाका नोटहरु निस्किएपछि…

213

काठमाडौं। इन्जिनियरको घरमा जडान गरिएको पानीको पाइपबाट पानीको सट्टामा पैसाका नोटहरु निस्किएको भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । भारतको क’र्नाटक राज्यको एन्टि करप्सन ब्युरोले जारी गरेको यो भिडियो अहिले चर्चामा छ ।

एसीबीले यो छापा प’ब्लिक वर्क्स डिपार्टमेन्टका एक इन्जिनियरको घरमा मारेको थियो । भिडियोमा एसीबीका अधिकारीहरुले पाइपबाट पैसा र सुनका गहना निकालिरहेको देख्न सकिन्छ । जाँच एजेन्सीका अधिकारीहरुले क’लबुर्गीमा जेइ शा’न्तागौडा बिरादरको घरमा छापा मा’रेका थिए ।

शान्तागौडामाथि आफ्नो कार्यकालमा आयभन्दा धेरै सम्पत्ति जम्मा गरेको आरोप छ ।एसीबीले यो छापा एसपी महेश मेघनावरको नेतृत्वमा गरेको थियो । मिडिया रिपोर्टका अनुसार एसीबीले बिहान ९ बजे घरको ढोका ढ’कढक्याएको थियो । तर, बिरादरले ढोका खोल्न १० मिनेट लगाए ।

यसबाट एसीबीलाई उनले कतै पैसा लु’काएको शंका भयो ।छापा मा’र्ने क्रममा एसीबीले प्लम्बर बोलाएर पिभिसी पाइल का’ट्न लगायो । प्लम्बरले पाइप का’टेपछि त्यहाँ पैसा र गहना भेटिए । न्यू इण्डियन एक्सप्रेसका अनुसार उनको घरमा अ’वैध साढे १३ लाख रुपैयाँ भेटियो ।