मंगलबार १८ आश्विन २०७९

काठमाडौं । ब’लात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अनभिनेता पल साहको आजको पेशी स्थगित भएको छ ।नवलपुर जिल्ला अदालतमा बुधबार फैसलाका लागि तोकिएको उनको मुद्दाको पेशी स्थगित भएको हो ।

न्यायाधीश उमेशप्रसाद लुँइटेलको इजलासमा पेशी तोकिएपनि स्थगितको निवेदन परेको थियो । न्यायाधिश लुँइटेलको इजलासमा बुधबारका लागि तोकिएको पेशी सूचीको चौथो नम्बरमा शाहको मुद्दा थियो ।

यो पनि – ‘तिम्रो नजर’ नामक फिल्म खिच्नका लागि नर्वेको दुतावासमा नक्कली कागजपत्र पेश भएको पाइएपछि यतिबेला सिङ्गो फिल्म क्षेत्रमा तरंग मच्चिएको छ ।

नायक आर्यन सिग्देल र नायिका केकी अधिकारीसहितको टोलीको भिसा आवेदन पेश गर्दा नक्कली कागजपत्र पेश गरिएको पाइएको हो । भारतमा रहेको नर्वेजियन दूतावासमा पेश गरिएको कागजपत्रमा नेपाल पर्यटन बोर्डको लेटरप्याड र कार्यकारी प्रमुखको हस्ताक्षर नक्कली भएको खुलेको हो ।

फिल्म छायांकनका लागि कलाकारसहितको भिसा आवेदन परेपछि दूतावासले नेपालमा रहेको पर्यटन बोर्डसँग फोनमार्फत जानकारी मागेको थियो । तर, बोर्डले कुनै पनि फिल्मको छायांकनका लागि अनुमती नदिएको जानकारी दिएपछि नक्कली कागजपत्र पेश भएको खुलेको हो ।

अनुमती माग्न पेश गरिएको कागजपत्रमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकारी धनञ्जय रेग्मीको हस्ताक्षर समेत दुरुपयोग गरिएको छ ।यो बिषयमा आफ्नो नाम समेत जोडिएपछि नायिका केकी अधिकारीले सामाजिक संजालमार्फत स्पष्टिकरण दिएकी छिन् ।

उनले लेखेकी छिन्–‘विभिन्न संचार माध्यममा प्रकाशित समाचार अनुसार ब्लू बर्ड एच डी नामक फिल्म निर्माण कम्पनीले तिम्रो नजर नाम गरिएको फिल्म निर्माण गर्ने बहानामा कलाकारको कलाकारको रुपमा मेरो संलग्नता देखाई सरकारी कागजपत्र समेतको दुरुपयोग गरेको भन्ने समाचारप्रति सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु ।

मैले त्यस्तो नाम गरेको कुनै पनि फिल्म निर्माण कम्पनीसँग कुनै पनि नामको फिल्ममा संझौता गरेकी छैन ।’केकीले यस किसिमको अवान्छित गतिविधिबारे आफूलाई कुनै पूर्व जानकारी पनि नभएको स्पष्ट पारेकी छिन् ।

उनले, आफ्नो व्यक्तिगत विवरण समेटिएको सरकारी कागजपत्र, हस्ताक्षर र नामको दुरुपयोग गरि गैरकानुनी क्रियाकलाप गरिएको रहेछ भने दोषीमाथि कारवाही गर्न पनि सम्बन्धित निकायलाई आग्रह गरेकी छिन् । यो बिषयमा नायक आर्यन सिग्देलले भने केही पनि बोलेका छैनन् ।


Last Updated on: August 24th, 2022 at 3:40 pm

तपाईको प्रतिक्रिया