Ultimate magazine theme for WordPress.

रावल स्थलमार्गबाट सौराहा पुगेका भीम रावललाई योगेश भट्टराईले गरे स्वागत

372

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावल चितवन आइपुगेका छन् । १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावल बिहीबार अपराह्न चितवनको सौराहा पुगेकोमा उनलाई सचिव योगेश भट्टराईलगायतले स्वागत गरेका छन्।

रावल स्थलमार्गबाट महाधिवेशन स्थल पुगेका थिए। वर्तमान अध्यक्ष केपी शर्मा, नेताहरू सुवासचन्द्र नेम्वाङ, गोकर्ण विष्ट जहाजबाट उडेर चितवन पुग्दा रावल स्थल मार्ग हुँदै चितवन पुगेका हुन्। नेकपा एमालेको १०‍औं राष्ट्रिय महाधिवेशनका लागि ४ सय ५० बस सौराहा प्रस्थान गरेका छन् ।

प्रदेश १ बाट २५ हजार नेता कार्यकर्ता ओसार्न उक्त बस प्रयोग गरिएको जनाइएको छ ।महाधिवेशनमा सहभागी हुने नेता कार्यकर्ता ओसार्न थप दुई सय बढी निजी गाडी पनि प्रयोग गरिएको छ । प्रदेश १ का तराईका तीन जिल्लाबाट सबै भन्दा बढी गाडी प्रयोग भएका छन् ।

झापा, मोरङ सुनसरीबाट तीन सय बढी सार्वजनिक गाडी कार्यकर्ता ओसार्न प्रयोग गरिएको नेकपा एमाले प्रदेश कमिटीले जनाएको छ ।एमाले १ नम्बर प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेका अनुसार प्रदेश भरबाट महाधिवेशनका लागि २५ हजार सहभागी हुदैछन् ।

महाधिवेशनमा सहभागी हुन नेता कार्यकर्ता जिल्ला-जिल्लाबाट हिँडिसकेको प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले बताए । गाडीको व्यवस्थापन भने जिल्ला तथा पालिका स्तरले आफै गरेका छन् । महाधिवेशन प्रतिनिधिमा मोरङबाट सबै भन्दा धेरै ५७, झापाबाट ४९,

सुनसरीबाट ४२, धनकुटाबाट १६, ओखलढुगांबाट १२, इलामबाट २१, भोजपुर र तेह्रथुमबाट ९/९, खोटाङबाट १४, संखुवासभाबाट १३, उदयपुरबाट १६, सोलुबाट ७, पाँचथरबाट ८ ताप्लेजुङबाट १३ र प्रदेश १ मजदुर कोटाबाट ७ गरी कूल २ सय ९८ महाधिवेशन प्रतिनिधि चुनिएका थिए ।