Ultimate magazine theme for WordPress.

बन्यजन्तुसँग जहाज ठो’क्किएको ठोक्कै

82

नेपालगन्ज । नेपालगन्ज बिमानस्थलमा दुई महिनायता जहाजमा तीन पल्ट बन्यजन्तु ठो’किएका घटना भएका छन् । बुधबार काठमाडौंबाट आएका जहाज अवतरणका क्रममा स्याल ठो’क्किएर क्ष’तविक्षत भएको छ ।

दुई साताअघि काठमाडौंका लागि उडान गर्न धावन मार्गमा रन गरिरहेको जहाजमा तीन वटा बँडेल ठो’क्किएको थियो । त्यसको दुई दिन पहिले जहाजमा दुम्सी ठो’क्किएको थियो ।तर बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खडकाले भने नेपालगन्ज बिमानस्थलमा झाडी भरिएकाले बन्यजन्तुहरु जहाजमा ठो’क्किने गरेको बताए ।

स्थानीय प्रशासनको पहलमा बिमान स्थलमा रहेको झा’डी सफा गरिएको छ । तर पनि बन्यजन्तुहरु भने अझै बिमानस्थलमा रहेकाले दु’र्घटना टरेको छैन ।नेपालगन्ज बिमानस्थलको पुर्बदक्षिणमा वन क्षेत्र छ । त्यहाँबाट सहजै बन्यजन्तुहरु बिमानस्थल प्रवेश गर्न सक्छ ।

प्रमुख जिल्ला अधिकारी खडकाले बिमानस्थल प्रशासनले झा’डी सफा गर्न बजेट अभाव देखाएपछि सुरक्षाकर्मी लगाएर भए पनि बिमानस्थलभित्रको झा’डी सफा गराएको बताए ।