शुक्रबार १४ आश्विन २०७९

स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौँ महानगर पालिकाको मेयर बनेका बालन शाह दिनरात आफ्नो कर्ममा खटिरहेका छन् ।अहिले काठमाण्डाैका मेयरले अनधिकृत संरचना हटाउने कामलाई अभियानकै रूपमा सुरु गरेका छन् ।

अस्ति साेमवार नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउन्डमा राखिएका पसल र संरचना हटाएर पार्किङ गर्ने ठाउँ बनाउने अभियान सुरु गरेको महानगरले आज बुधवार न्युरोड क्षेत्रका संरचना हटाएको छ । उता काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर र उपमेयर वडाध्यक्षलाई कार्यवाहक बुझाएर एकैचोटी विदेश भ्रमणमा निस्किएका छन् ।

मेयर मोहनबहादुर बस्नेत र शुशिला अधिकारीसहित नगरपालिकाका अन्य पदाधिकारीहरु जापानतिर लागेपछि १ नम्बर वडाका वडाध्यक्ष रामेश्वर लामाले कार्यवाहक पाएका हुन् ।मेयर बस्नेतले उनलाई आफ्नो अनुपस्थितिमा कार्यवाहक दिएका हुन् ।

नागार्जुनसहित अन्य नगरपालिकाका पदाधिकारीहरु फोहोरमैला, ढल व्यवस्थापन र खानेपानी प्रविधिको आधुनिक अध्ययन तथा अवलोकन कार्यक्रमका लागि जापान गएका हुन् ।नगरपालिकाले सूचना जारी गर्दै हिजोदेखि लागू हुने गरी आगामी भदौ १५ गतेसम्मका लागि वडाध्यक्ष लामाले कार्यवाहकका रुपमा सूम्पर्ण जिम्मेवारी सम्हाल्ने जानकारी गराएको छ ।

सूचनामा भनिएको छ,‘ यस नागार्जुन नगरपालिका तथा अन्य नगरपालिकाहरुका नगरप्रमुख/उपप्रमुखसहित नगरप्रमुख मोहनबहादुर बस्नेत फोहोरमैला, ढल व्यवस्थापन र खानेपानी प्रशोधनको आधुनिक प्रविधिको अध्ययन तथा अवलोकन कार्यक्रमको सिलसिलामा यही २०७९/०५/०७ गतेदेखि १५ गतेसम्म जापान भ्रमणमा जानुहुने भएकोले फर्केर नआउञ्जेलसम्म कार्यवाहक नगरप्रमुखको जिम्मेवारी वडा नं १ का अध्यक्ष रामेश्वर लामालाई दिइएको छ ।’

आठ दिने भ्रमण सकाएर उनीहरु आँउदो बुधबार नेपाल फर्किने तालिका रहेको छ । साथै, मेयर बस्नेतले आफ्नो अनुपस्थितिमा तोकिएका कामहरु इमानदारितापूर्वक निर्वाह गर्न कार्यवाहक मेयर लामालाई आग्रह गरेका छन् ।


Last Updated on: August 24th, 2022 at 6:16 pm

तपाईको प्रतिक्रिया