Ultimate magazine theme for WordPress.

अमेरिकामा १७ अर्ब डलर लगानी गरेर कारखाना खोल्दै सामसङ

117

सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाको विद्युतीय सामग्री निर्माता कम्पनी सामसङले अमेरिकाको टेक्सासमा सेमिकन्डक्टर उत्पादन कारखाना खोल्ने भएको छ ।

स्मार्टफोन लगायतका डिभाइसहरुमा प्रयोग हुने सेमिकन्डक्टरको विश्वव्यापी अभावलाई कम गर्नका लागि कम्पनीले १७ अर्ब डलरको लगानीमा कारखाना खोल्न लागेको हो ।कम्पनीले त्यहाँ स्थापना गर्न लागेको कारखानामा अहिलेसम्मकै सबैभन्दा ठूलो लगानी हुनेछ ।

आगामी मंगलवारदेखि औपचारिक रुपमा टेक्सासमा चिप्स उत्पादन कारखाना स्थापना हुने घोषणा गर्दै कम्पनीले यसबाट प्रत्यक्ष रुपमा २ हजार जना उच्च प्राविधिक जनशक्तिलाई रोजगारी प्राप्त हुने बताएको छ ।साथै कारखाना पूर्णरुपमा सञ्चालनमा आएसँगै अन्य हजारौं स्थानीयले पनि रोजगारी पाउनेछन् ।

साथै कम्पनीले सन् २०२४ को दोस्रो त्रैमासबाट उक्त कारखाना सञ्चालनमा ल्याउने लक्ष्य रहेको पनि बताएको छ ।सामसुङ इलेक्ट्रोनिक्सका उपाध्यक्ष तथा सीईओ किनाम किमले उच्चतम उत्पादन क्षमताका साथ ग्राहकहरुको आवश्यकतालाई राम्रोसँग पूरा गर्ने र विश्व सेमिकन्डक्टर आपूर्ति श्रृंखलाको स्थायित्वमा पनि योगदान दिने एउटा नोटमा भनेका छन् ।

नयाँ कारखाना स्थापना गर्नका लागि टेक्सासको टेलर सहर छनोट गर्नुमा पनि विभिन्न पक्षहरू कारण रहेको कम्पनीले बताएको छ । उसले हाल अस्टिनमा रहेको उत्पादन केन्द्रसँगको निकटता, स्थानीय सेमिकन्डक्टर वातावरण तथा सरकारी सहयोग भएको बताएको छ ।

नयाँ उत्पादन कारखानाको क्षेत्रफल ५० लाख वर्गमिटर हुनेछ ।पछिल्लो समय अमेरिका सरकारले सेमिकन्डक्टर उत्पादनलाई प्राथमिकता दिइरहेको समयमा कम्पनीको यस्तो भनाइ सार्वजनिक भएको हो । सीएनबीसी