Ultimate magazine theme for WordPress.

महाधिवेशन उद्घाटन नहुँदै ढ’ल्यो एमालेको स्वागत गेट

155

चितवन- औपचारिक रुपमा उद्घाटन हुनुअघि नै नेकपा (एमाले) को महाधिवेशनका लागि बनाइएको स्वागत गेट बिहीबार साँझ भ’त्किएको छ। बन्दसत्रका लागि तयार गरिएको सौराहास्थित हातीचोकमा बनाइएको सहायक गेट भ’त्किएको हो।

भ’त्किएर भुइँमा ढलेको उक्त गेट एमाले कार्यकर्ता र मजदुरहरुले उठाइसकेका छन्। एमाले महाधिवेशनका लागि चितवनमा मुख्य र सहायक गरी ४५ गेट बनाइएका छन्। जसमध्ये एउटा स्वागत गेट भत्किएको हो। नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आज मध्यान्ह चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ ।

उद्घाटनका लागि सबै तयारी पूरा भएको र उद्घाटनमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने नेकपा (एमाले)ले जनाएको छ । महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ पर्यवेक्षक सहभागी हुनेछन् ।महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताले शुभकामना सम्बोधन गर्ने कार्यक्रम छ ।

सभामा बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायत देशबाट राजनीतिक दलका प्रतिनिधि आउनुहुनेछ । चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशका राजनीतिक दलका शुभकामना सन्देश प्राप्त भएका छन् ।‘जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै त्यसको मार्ग निर्देशनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने भन्ने नारा एमालेले अघि सारेको छ ।