Ultimate magazine theme for WordPress.

डेढ महिनादेखि थाइल्याण्डमा उपचार गराईरहेका माओवादी केन्द्रका नेता वर्षमान पुनबारे आयो यस्तो खबर-

338

स्वास्थ्यमा स’मस्या देखिएपछि करिर डेढ महिनाबाट थाइल्याण्डको बैंककमा उपचाररत माओवादी केन्द्रका नेता वर्षमान पुनलाई थप उपचारका लागि चीन लगिएको छ ।

पूर्वमन्त्री समेत रहनुभएका पुनलाई थप उपचारका लागि चीनको थर्ड पिपुल्स अस्पिटल अफ से’नसेज लगिएको उहाँ सचिवालयले जानकारी दिएको छ । पुनको उपचार बैंककस्थित समितिभेज अस्पतालमा भइरहेको थियो । स्वास्थ्यमा अपेक्षाकृत सुधार नभएपछि

थप उपचारका लागि चीन लगिएको उहाँका पूर्व स्वकीय सचिव दुर्गा चापागाँईले जानकारी दिनुभयो । समितिभेज अस्पतालमा पुनको उपचारमा संलग्न चिकित्सकहरुले त्यहाँ थप उपचार गर्न नसक्ने र थप उपचारका लागि सेनजेन लैजान सुझाव दिएपछि चीन लगिएको हो ।

नेता पुनसँगै पूर्वसभामुख तथा उहाँकी पत्नी ओनसरी घर्ती र छोरी शीला बैंककबाट चीनको से’नजेन जानुभएको छ । यहाँहरु मध्यान्ह अस्पताल पुगेर उपचार सुरु हुने जानकारी दिइएको छ । उच्च ज’ण्डिस देखिएपछि पुन असोज १३ गते उपचारका लागि बैंकक जानु भएको थियो ।