Ultimate magazine theme for WordPress.

एमाले महाधिवेशनमा ६ लाख कार्यकर्ता आए

172

चितवन – चितवनमा आजदेखि सुरु भएको नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन शत्रमा ६ लाख कार्यकर्ता आएको एमाले चितवन जनाएको छ ।

पार्टी जिल्ला अध्यक्ष पार्वती रावलका अनुसार महाधिवेशनमा देशभरबाट ६ लाख पार्टी नेता कार्यकर्ता आएको दाबी गर्नुभयो । उहाँले महाधिवेशनमा आधा कार्यकर्ता उद्घाटन स्थलसम्म आउन नसकेको बताउनुभयो ।उहाँले भन्नुभयो-धेरै कार्यकर्ता पूर्वी चितवनको टिकौली र नवलपुरको गैडाकोटबाट फर्किनुभएको छ ।

सभा स्थलसम्म आउन पाउनुभएन । उहाँले महाधिवेशनको उद्घाटन सत्र आफुहरुले सोचेभन्दा भव्य भएको बताउनुभयो । चितवनको इतिहाँसमा यति धेरै मानिसहरु जम्मा भएको पहिलो पटक भएको उहाँको भनाई छ । महाधिवेशनको उद्घाटन शत्र स्थल नारायणी नदी किनारमा नअटाएपछि कार्यकर्ताहरु नारायणगढ बजारमा छरिएका थिए ।

१०औं महाधिवेशनबाट होटल फर्कने क्रममा एमाले अध्यक्ष केपी ओली जाममा फसेका छन् । महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारबाट होटल फर्कनेक्रममा उनी टिकौलीमा जाममा फसेका छन् । उनी चढेको गाडी जाममा परेपछि जाम खुलाउन धौ–धौ भएको

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिए ।शुक्रबार दिनभरजसो जाम भएपछि कतिपय एमाले कार्यकर्ताहरु हिँडेर महाधिवेशनको उद्घाटनस्थल नारायणी नदी किनार पुगेका थिए । टिकौली जंगल नारायणी नदी किनारबाट करिब चार किमी पूर्वतर्फ पर्छ ।

महाधिवेशनमा सहभागी हुन आएका नेता कार्यकर्ता एकसाथ उद्घाटनस्थलवाट निस्किएका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । जामकै कारण उद्घाटन समारोहमा जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीपनि ढीला गरी पुगेका थिए ।