Ultimate magazine theme for WordPress.

एमाले महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागीहरु घा’इते, ओलीलाई त’नाब

419

काठमाडौँ- एमाले महाधिवेशनको उद्घाटन सत्र सकिएपछि कार्यक्रममा सहभागी हुन आएकाहरु फर्किने क्रममा ट्राफिक व्यवस्था अ’स्तव्यस्त भएको छ। ट्राफिक अव्यवस्थाका कारण मानिसहरु बाहिर निस्कन नपाउँदा हुलमुलमा केही घा’इते भएका छन्।

व्यवस्थित रुपमा सम्पन्न भएको महाधिवेशन उद्घाटन सकिएपछि भने ट्राफिक अव्यवस्था सिर्जना भएको छ। नारायणी पुलमा बसेर कार्यक्रमको अवलोकन गरिरहेका सर्वसाधारणहरु हिँड्ने क्रममा अव्यवस्था हुँदा कार्यक्रमस्थल अस्तव्यस्त भएको छ ।१० औं महाधिवेशनको उद्घाटनस्थलबाट सौराहास्थित होटल फर्कने क्रममा एमाले अध्यक्ष केपी ओली जाममा फसेका छन्।

महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारबाट होटल फर्कनेक्रममा उनी टिकौलीमा जाममा फसेका थिए। उनी चढेको गाडी जाममा परेपछि जाम खुलाउन धौ–धौ भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिए ।

शुक्रबार दिनभरजसो जाम भएपछि कतिपय एमाले कार्यकर्ताहरु हिँडेर महाधिवेशनको उद्घाटनस्थल नारायणी नदी किनार पुगेका थिए । टिकौली जंगल नारायणी नदी किनारबाट करिब चार किमी पूर्वतर्फ पर्छ ।महाधिवेशनमा सहभागी हुन आएका नेता कार्यकर्ता एकसाथ उद्घाटनस्थलवाट निस्किएका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । जामकै कारण उद्घाटन समारोहमा जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी पनि ढिला गरी पुगेका थिए ।