Ultimate magazine theme for WordPress.

आगामी निर्वाचनमा एमालेले बहुमत होइन दुई तिहाइ पाउँछ : रावल

87

चितवन। नेकपा एमालेकी चितवन जिल्ला अध्यक्ष पार्वती रावलले चितवन सबै हिसाबले आत्मनिर्भर बन्दै गएको बताएकी छिन् । एमाले १०औँ महाधिवेशन उद्घाटनका क्रममा नेकपा एमालेले चितवनलाई महाधिवेशन स्थल बनाएकोमा खुसी व्यक्त गरिन ।

सो क्रममा उनले भनिन्, ‘चितवन विकास निर्माण, शिक्षा क्षेत्र, स्वास्थ्य उपाचार केन्द्रहरू निर्माणका हिसाबले निकै अगाडि रहेको छ । यस्तै, पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली शर्मा नेतृत्वको सरकारले चितवनलाई रामग्राम क्षेत्रका रुपमा पनि विकास गरेको बताइन ।

उनले आगामी निर्वाचनबाट नेकपा एमाले बहुमत होइन दुईतिहाई मत पाउने दाबी पनि गरिन छ । उनले भनिन्, ‘आगामी निर्वाचनमा नेकपा एमालेले बहुमत होइन । दुई तिहाइ पाउनेछ ।’महाधिवेशन आयोजक जिल्ला सभापतिका हिसाबले उनले महाधिवेशन स्थल व्यवस्थापनमा सकारात्मक रचनात्मक भूमिका खेल्ने सबैलाई हार्दिक पनि दिइन धन्यवाद ।

यो पनि – एमाले अध्यक्ष केपी ओलीले चुनावी अभियान सुरु गरेका छन् ।पार्टीको १०औं महाधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्ने क्रममा ओलीले एमालेलाई नभई देशको विकास गर्न बहुमत आवश्यक रहेको बताए ।‘एमालेलाई होइन, देश विकास गर्न बहुमत दिनुस्,’ नारायणी नदी किनारमा उभिएर ओलीले भने, ‘एमाले देश र लोकतन्त्र संस्थागत गर्न आवश्यक छ ।’

ओलीले जनादेशबाट प्राप्त अधिकारको रक्षाका लागि पनि एमाले चाहिने दाबी गरे । ‘देशलाई एकजुट बनाएर समस्या समाधानका लागि अघि बढ्ने काम अब एमालेबाट हुन्छ । परमादेशबाट सरकार फेरिने असंवैधानिक कुरामा नजाउँ जनताका बीचमा जाउँ भनेका थियौं, अरु कतिपय दल डराए हामी गयौं ।

चुनावहरू आउँदैछ म भन्न चाहन्छु हामी अब चुनावको तयारी तर्फ जाँदैछौं जनमताको तयारीमा छौं । एकल बहुमत ल्याउनुपर्छ । एमालेका लागि होइन देश बनाउन एकल बहुमत चाहिएको छ,’ ओलीले भने ।