बुधबार १९ आश्विन २०७९

बुटवलको एक होटलमा मृ’त भेटिएकी ३३ वर्षकी पुष्पा पुनमगर एक महिनादेखि घरमा सम्पर्कविहीन थिइन् । नेपालगञ्जस्थित घरबाट माइत जान्छु भनेर हिँडेको तर माइतमा नपुगेको थाहा पाएपछि वैदेशिक रोजगारीका क्रममा युएईमा रहेका श्रीमान्ले पुष्पा हराएको भन्दै खोजी गरिदिन सामाजिक सञ्जालमार्फत अनुरोध गरेका थिए ।

आइतबार राति बुटवल–२ फूलबारी नजिकैको स्याङ्जा कारीकोटे होटलमा धादिङका ३८ वर्षीय सीताराम भुजेलसँग एउटै कोठामा बास बसेकी पुष्पा अर्को दिन मृ’त भेटिइन् ।भुजेल मानव अंग बेचबिखन सम्बन्धी अपराधमा सुनसरीको झुम्का कारागारमा ७ वर्ष जेल बसेर एक महिनाअघि मात्रै छुटेका थिए । असार अन्तिममा साउन बार्न भनेर पुष्पा।

नेपालगञ्जबाट दाङको सतबरिया माइत जान्छु भनेर हिंडेकी रहिछन्’, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष रेग्मीले भने, ‘उनी हराएपछि श्रीमानले खोजी गरिदिन सामाजिक सञ्जालमा सूचना हालेका रहेछन् तर प्रहरीमा निवेदन आएको थिएन ।’

होटेलको कोठा नम्बर १३४ बुक गर्दा उनीहरूले आफू श्रीमान–श्रीमती भएको र ठेगाना बुटवल उपमहानगरपालिका–४ उल्लेख गरेका होटलका सञ्चालक बासुदेव लामिछाने मगर बताउँछन् ।सोमबार बिहान ५ नबज्दै सीताराम एक्लै होटलबाट निस्कन खोजेका थिए’, लामिछानेले भने, ।

‘श्रीमान श्रीमती भनेर बसेपछि एक्लै निस्कनु राम्रो हुन्न भनेर कोठामै फर्काएका थियौंं ।’ ९ बजेसम्म पनि कोठाबाट उनीहरू बाहिर ननिस्केपछि प्रहरीलाई खबर गरेर ढोका तोडेर हेर्दा पुष्पा र सीताराम दुवै जना मृ’त अवस्थामा रहेका उनले बताए।

बिदेस्बत फर्किएका पुश्पाका श्रीमान ले भने उक्त घटना बारे केहि मिडिया हरुलाई अन्तरबार्ता दिएका छन् । उनका अनुसार होटल सम्म पुराउन अरु कसैको हात रहेको बताएका छन् ।भिडियो


Last Updated on: August 24th, 2022 at 6:41 pm

तपाईको प्रतिक्रिया