Ultimate magazine theme for WordPress.

अमेरिकामा बस्ने युबक भनेपछी नेपाली सेलिब्रिटी हुरुक्कै, गायिकापछी नायिकाले पनि अमेरिका बस्ने युबकसंग बिहे गर्दै

362

काठमाडौँ : एक साता पनि भएको छैन अमेरिका निवासी इन्जिनियर निर्माण सिटौलासँग विवाह गरिन् गायिका प्रविशा अधिकारीले। सामाजिक सञ्जालमा भएको भेट परिवारसम्म पुग्दा दुवैको लगन जुरेपछि गत शनिवार भव्य समारोहकाविच झापामै दुवै जनाको विवाह भयो।

निर्माण अमेरिकामै बस्दै आएका छन्। फेरि अर्की सेलिब्रिटीले पनि अमेरिका बस्ने नेपाली युवालाई नै आफ्नै श्रीमान् बनाउने तयारी गरेकी छिन्। उनी हुन् टिकटकबाट उदाएर मोडल बनेकी रेश्मा घिमिरे। नर्स रहेकी उनले मङ्सिर १४ गते अमेरिकामा चिकित्सा सम्बन्धी अध्ययन गरिरहेका प्रभात बाबुसँग विवाह गर्ने भएकी छिन्।

यी दुवैको इन्गेजमेन्ट भएको भने एक वर्ष भयो। रेश्माले गत वर्षको मङ्सिर १८ मा प्रभातसँग इन्गेजमेन्ट गरेकी थिइन्। विराटनगरको रत्ना होटेलमा दुवैको इन्गेजमेन्ट भएको थियो। यी दुबैबिच तीन वर्ष अगाडि चिनजान भएको थियो। चिनजान प्रेममा बदलियो र अब यी दुवै श्रीमान्-श्रीमती हुँदैछन्।

विवाह भने परिवारको सल्लाहमा हुन लागेको हो। यी दुवैको विवाह विराटनगरबाट हुँदैछ। नर्सिङ अध्ययन गरेकी रेश्माका प्रेमी डा.प्रभात पेशाले चिकित्सक हुन । उनी अमेरिकामा बस्दै आएका छन् ।