Ultimate magazine theme for WordPress.

तपाईको हातमा पैसा टिक्दैन ? यी ४ सामान्य गल्ती कहिल्यै नगर्नुहोस् !

99

धन सम्पतीको जोहो गर्न र यसको बचत गर्न अनेकौँ प्रयासका बाबजुद सफल भइरहनु भएको छैन ? वा तपाईँको हातमा पैसा टिक्दैन ? यी अनेकौँ समस्या भोगिरहनु भएको छ भने तपाईँलाई लक्ष्मीको कृपा भएको छैन भन्ने बुझ्न सकिन्छ।

लक्ष्मी प्रसन्न भए वा दाहिना भएमा मानिसलाई कहिल्यै सम्पत्ति, रुपैयाँ पैसाको अभाव हुँदैन। यस्तोमा देवी लक्ष्मीलाई प्रसन्न पार्ने केही उपायहरू जानकारी दिँदै छौ, जसले तपाईँलाई सहज रूपमा लक्ष्मीको कृपा बर्षन सुरु हुन्छ।

महिलाको आदर– विभिन्न शास्त्र र मान्यता अनुसार जुन घरमा महिलाको आदर हुँदैन, उक्त घरमा लक्ष्मीको कृपा हुँदैन । देवी लक्ष्मी ती घरमा मात्र प्रवेश गर्नुहुन्छ, जहाँ महिलाको सम्मान र आदर हुन्छ। तसर्थ घरमा भएका महिला आफन्तहरूलाई हमेसा आदर गर्नुहोस्। उनीहरू रिसाएका छन् भने तत्काल मनाउने वा प्रसन्न पार्ने प्रयास गर्नुहोस्। अक्सर पति पत्नीबिच हुने मनमुटाबका कारण पनि लक्ष्मीको कृपा हुँदैन।

शुक्रवार व्रत– शुक्रवारलाई भगवान् लक्ष्मीको दिनका रूपमा मानिन्छ । यस दिन लक्ष्मीको पूजा अर्चना वा उपासना गरे लक्ष्मी प्रसन्न हुने र मनोवाञ्छित फल दिने धार्मिक विश्वास छ। शुक्रवारका दिन बिहान सबेरै उठेर नुहाई धुवाई गरी पवित्र मनले माता लक्ष्मीको पूजा गरी श्रद्धापूर्वक प्रसाद वा भोग चढाएमा लक्ष्मीको कृपा बर्षन सुरु हुन्छ।

वास्तु दोष– यदि घरमा कुनै वास्तुदोष छ भने पनि उक्त घरमा लक्ष्मीको कृपा हुँदैन। यस्तोमा वास्तुदोष भएका घरमा आएको धन पनि नासिएर वा खर्च भएर जाने हुन्छ। वास्तु शास्त्रमा घरको दिशा कस्तो हुनुपर्छ भनी मार्गदर्शन गरिएको छ।

जसमा घरका कोठा, भान्सा, शौचालय लगायतका कोठा कुन दिशामा हुनुपर्छ जनाइएको हुन्छ। तसर्थ वास्तु नियम पालन गरी घर निर्माण गरेमा वा निर्माण सम्पन्न भएको घरमा पनि वास्तुको पालना गरेमा लक्ष्मी प्रसन्न भई सुख, सम्पन्नता र ऐश्वर्य प्राप्ति हुन्छ।

कुण्डलीमा शुक्र– जो व्यक्तिको कुण्डलीमा शुक्र ग्रहको स्थिति मजबुत घरमा हुन्छ उनै व्यक्ति प्रति माता लक्ष्मीको कृपा हुने गर्दछ। ज्योतिष शास्त्रमा शुक्र ग्रहलाई सुख समृद्धिका रूपमा मानिन्छ। शुक्र ग्रह कमजोर हुने व्यक्तिलाई घरमा आर्थिक समस्या परी रहने हुन्छ। यदि यस्तो भएमा मयुरको प्वाँख घरमा राखेमा शुक्र मजबुत हुन जान्छ र लक्ष्मीको कृपा बर्षन थाल्छ।