Ultimate magazine theme for WordPress.

मलाई केपी ओली मन पर्नुहुन्छ : रेखा थापा

373

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ तथा अभिनेत्री रेखा थापाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भिजन प्रति सहमति जनाएकी छिन् ।अभिनेतृ थापाले ओलीको भिजन दूरगामी भएको बताएकी छन् ।

उमेर बढी भए पनि ओलीको सोच र दिमाग युवा पुस्ताको झै भएको बताएकी हुन् । उनले एमालेको १०औं महाधिवेशनमा ओलीले अवलम्बन गरेको नीति पनि आफूलाई मन परेको बताएकी छन् ।’म केपी ओलीको पार्टीको मान्छे होइन । उहाँसँग मेरो सिद्धान्त मिल्दैन । तर, उहाँको भिजन मनपर्छ ।

त्यसैले मलाई ओली मन पर्ने नेताभित्र पर्नुहुन्छ,’ उनले भनिन् ।राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ तथा अभिनेत्री रेखा थापाले राजेन्द्र लिङ्देनको पक्षमा प्रकाशचन्द्र लोहनीले समर्थन गर्ने जनाएकी छिन् ।मंगलवार पत्रकार सम्मेलन गरेर लोहनीले लिङ्देनलाई समर्थन जनाउने थापाले जानकारी दिएकी छिन् ।

भोलि पत्रकार सम्मेलन गरेर लोहनीजीलाई समर्थन गर्नु हुनेछ, उहाँको समर्थन पक्का भईसकेको छ, थापाले न्युज कारखानासँग भनिन् । उनका अनुसार विक्रम पाण्डेलगायत नेताहरूले लिङदेनलाई अध्यक्षका उम्मेदवारीमा समर्थन गर्ने दोस्रो पुस्ताहरू क्रमश: खुलिरा`छन् ।