Ultimate magazine theme for WordPress.

जसले ‘तातो गो’ली’ रोजे, स्वाभिमान छाडेनन्

273

केपी शर्मा ओली प्रधानमन्त्रीबाट हटिसकेका थिए। एमाले एकताका लागि गठित कार्यदलका ओली पक्षीय ५ र माधव नेपाल पक्षीय ५ गरी ‘१० भाई’ घनिभूत वार्तामा थिए। एकताका लागि निर्माण गरिएको १० बुँदे समझदारीमाथि छलफल जारी थियो।

त्यसैक्रममा कार्यदलमा रहेका दुबै पक्षका सदस्यहरुको असारतामा सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री ओलीसँग भेट गरे। भेटपछि सार्वजनिक तस्वीरमा ‘ओलीको गलत प्रबृतिविरुद्ध ड’टेर सं’घर्ष गरिरहेका’ भनिएका उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाल ओलीसँग झु’केर कुरा गरिरहेका देखिन्थे।

ओलीको सचिवालयले त्यस्तो तस्वीर सार्वजनिक गरेपछि रावल र भुसालको तीब्र आ’लोचना सुरु भयो। रावल र भुसाल ‘ओलीसँग बहादुरीपूर्वक झु’केको’ भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यी दुई भाईलाई छास्नुसम्म छासे। भदौमा पार्टी औपचारिक रुपमा विभाजन भएपछि एमालेमै बस्ने निर्णय गरेपछि रावल–भुसालसँगै नेपालपक्षीय १० नेताले ‘ओलीसँग आ’त्मसमर्पण गरेको’ भन्दै तीब्र आ’लोचना भयो।

१० नेतामध्ये पनि धेरै व्यङ्ग र आलोचना भोग्नेमा रावल र भुसाल नै थिए। ओलीविरुद्धको संघर्षमा एमाले पदाधिकारी समूहबाट माधव नेपाललाई दह्रो साथ दिने नेतामा उपाध्यक्ष रावल र उपमहासचिव भुसाल सबैभन्दा अगाडि भएकाले उनीहरुकै बढी आलोचना हुनु स्वभाविक थियो।

आफैँले प्रखर आलोचना गरेका ओलीको मुठ्ठीमा गइसकेको एमालेमै रहने निर्णय रावल र भुसालले गर्नु आफैँमा आश्चर्यको विषय पनि थियो। तर, माधव नेपालको साथ छाडेपनि सौरहा (चितवन) बाट ‘ओलीविरुद्ध न’झुकेको’ सन्देश रावल र भुसालले दिएका छन्।

रावलले मनमोहन अधिकारीपछि पहिलो पटक ‘सर्वसम्मत अध्यक्ष’ बन्ने महत्वाकांक्षा पालेका ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिएका छन् भने ओलीले तयार पारेको लिष्टप्रति वि’द्रोह गर्दै भुसालले पनि उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। एमालेको नवौँ महाधिवेशन यता एमाले–माओवादी केन्द्रबीच एकता भई ‘नेकपा’ निर्माणमात्र भएन, एकताको तीन वर्ष नबित्दै नेकपा विभाजनतसमेत हुन पुग्यो।

नेकपा विभाजित भएको ६ महिना पुग्दानपुग्दै एमालेपनि विभाजित भयो। चुना’वी गठबन्धन र पार्टी एकताका कारण केन्द्रमा नेकपाको झण्डै दुई तिहाई बहुमतको सरकार बनेको थियो। ७ मध्ये ६ प्रदेशका सरकारको नेतृत्वपनि नेकपाले नै पाएको थियो। ६ मध्ये ४ प्रदेशमा एमालेको नेतृत्व थियो।

तर, विभाजनका कारण एमालेले सबै प्रदेश सरकारहरुको नेतृत्व समेत गुमाउनु परेको छ। यस्तो किन, कसरी हुन पुग्यो? जनताले त्यति ठूलो विश्वास गरेर पाँच वर्षका लागि चुनावमा प्रचण्ड बहुमत दिएको पार्टीको सरकार ढल्नुको मुख्य जिम्मेवार को हो? भविष्यमा यस्तो हुन नदिन कसले कसरी गल्ती सच्याउनु पर्ने हो?

अन्य वैचारिक विषयका साथै यी प्रश्नहरुबारे सौरहामा जारी दशौँ महाधिवेशनमा छलफल हुनुपर्ने हो, ताकि जनताको आशा–अपेक्षा तु’षारापात हुने गरी भविष्यमा गल्ती नदोहोरिउन्। तर, अध्यक्ष ओलीले महाधिवेशनलाई आफू ‘सर्वसम्मत अध्यक्ष’ बन्ने, पदाधिकारी र केन्द्रीय सदस्यहरुको चयन पनि आफ्नो तजविज अनुसार गर्ने महाधिवेशनमा सीमित गर्न खोजेका छन्।

विष्णु पौडेलमार्फत् उनले नेतृत्व छान्न पाउने महाधिवेशन प्रतिनिधिको अधिकार आफूमा खैचिन खोजेकै हुन्। चितवनमा महाधिवेशन चलिरहेका बेला सोमबार (१३ मंसिर) मा सामाजिक सञ्जालबाट सार्वजनिक का’र्टुनिष्ट रवी मिश्रको कविता ‘दासढुङ्गा’ मा उल्लेख गरेझैँ, एमाले अब त्यस्तो ‘दासढुङ्गा’ बन्न पुगेको छ, जहाँ चटकेले आफूलाई सम्राट घोषणा गरेपछि महाधिवेशन प्रतिनिधि बनेर आएकामध्ये कोही ‘दास’ बनेका छन्, कोही ढुङ्गा।

यस्तो वातावरणका बेला ओली अत्याधिक मतले अध्यक्षमा विजयी बन्छन् नै। निर्वाचन हुने भएपनि उनको निगाह प्राप्त गरेका उपाध्यक्षका उम्मेदवारहरु पनि विजयी होलान्। रावल र भुसालले समेत अन्य नेताहरूले जस्तै अन्तिम अवस्थामा सम्झौता गरेर चुनावी प्रक्रिया नै परित्याग गर्दैनन् भन्न पनि सकिन्न।

तर, रावल र भुसाल अन्तिमसम्म अ’डिए र चुनाव भयो भने आफूलाई ‘सर्वसम्मत अध्यक्ष’ र आफ्ना हनुमानहरुलाई ‘सर्वसम्मत उपाध्यक्ष’ बनाउने बन्ने ओलीको सपनामा उनीहरूले ‘चिसो पानी’ ख’न्याइदिएको मानिने छ। मिश्रले कवितामा उल्लेखित गरेझैँ ओलीलाई ‘सम्राट’ को कोटीमा राखेर आफूलाई ‘दास’ हरुको पंक्तिमा उभ्याउन रावल र भुसालले अस्वीकार गरेको मानिने छ।

रावल र भुसालको उम्मेदवारी आफैँमा त्यति ठूलो कुरा होइन। ओलीको ‘निगाह’ मा प्राप्त हुने उपाध्यक्ष पद त्यागेर ओलीसँग भिड्ने जुन आँट उनीहरूले गरेका छन्, त्यो महत्वपूर्ण कुरा हो। उनीहरूकै कारण निर्वाचन हुँदा एमालेको लोकतान्त्रिक छबि पनि जो’गिएको छ।

सौरहा महाधिवेशनमा उपस्थित एमाले पंक्तिलाई पञ्चायतकालमा जेलमै बसेर पार्टी संगठनको विकास र उन्नतिमा नेता मोदनाथ प्रश्रितले सा’हित्यरचनामार्फत् कति योगदान पुर्याएका थिए, त्यो स्मरणमा छ वा छैन कुन्नि? तर, उनको निम्न एउटा कवितांसले पार्टी पंक्तिलाई निरंकुशतासँग नझुकी ड’ट्न प्रेरित गथ्र्यो—

प’राधिन भई पिउँदै नुनिला आँसुका ढिका, ज्यूनुभन्दा मीठो हुन्छ तातो गो’ली कता–कता।हिजो ओलीको है’कमविरुद्ध सं’घर्ष गर्ने १० नेता मध्ये अधिकांशका लागि ओलीको नि’गाह प्यारो भइसकेको छ। उनीहरु नि’गाहमा ‘नुनिला आँसुका ढिका’ पिएर राजनीतिक जीवन जिउन पाउँदा ह’र्षित छन्। तर, रावल र भुसालले ‘तातो गो’ली’ रोजेका छन्, स्वाभिमानी राजनीतिक जीन्दगीका लागि। सीताराम बराल/नेपाल खबर