Ultimate magazine theme for WordPress.

१८०८ मत सहित ओली एमाले अध्यक्षमा विजयी

18

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी भीम रावललाई पराजित गर्दै ओली दोस्रोपटक एमालेको अध्यक्षमा निर्वाचित भएका हुन् ।

नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई पराजित गरेर अध्यक्षमा चुनिएका ओलीले १०औँ महाधिवेशनमा रावललाई पराजित गरे । कूल खसेको दुई हजार ९६ मतमध्ये ओलीले १८०८ मत पाए भने उनका प्रतिद्वन्द्वी रावलले २१३ मत पाए ।ओलीले १०औँ महाधिवेशनमा सर्वसम्मतिबाट अध्यक्ष बन्ने कसरत गरेका थिए ।

उनले आफूलाई अध्यक्ष ताेक्दै १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी घाेषणा गरेर बन्दसत्रबाट अनुमाेदन गराएका थिए ।तर, रावलले अध्यक्षकाे उम्मेदवारीबाट पछि नहट्ने अडान लिएपछि सर्वसम्मत अध्यक्ष चुनिने ओलीकाे चाहना पूरा हुन सकेन ।

यो पनि –नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।अध्यक्ष केपी शर्मा ओलीले तयार गरेको सूचीलाई सदर गराएर सर्वसम्मत गराउन खोजेपछि रावलले दिएनन् । उनले चुनावमा जान वाध्य बनाए ।

त्यसकारण पनि उनले निर्वाचनमा जानुपर्छ भन्ने आफ्नो धारणा अनुरुप भएकोमा एउटा मुद्दाले जितेको तर्क गरे ।निर्वाचन नै नगर्ने ओलीको प्रयास भने रावलले विफल पारे । जसका कारण ओलीको सूचीमा नअटाएका कतिपय निर्वाचित भए । यो ओलीले जे भन्यो त्यही मात्र हुन्छ भन्ने धारणामाथिको धक्का हो ।रावलले जति मत पाउँछन् त्यो ओलीप्रतिको असन्तुष्टिको हुनेछ । यो उनका लागि शक्ति सञ्चयको नयाँ सुरुवात हुनेछ ।

एमालेभित्र ओली पक्षधर भई अवसर नपाएकाहरुलाई रावलले भविष्यमा तान्न सक्छन् । असन्तुष्टहरुलाई विस्तारै समेटेर शक्ति सञ्चय गर्ने उनको रणनीति देखिन्छ ।विगतमा ओलीले पनि माधव नेपालसँग लामो संघर्ष गरेका थिए । नेपालबाट किनारामा पारिएका ओलीले निकै संघर्ष गरेर शक्ति सञ्चय गरेका थिए ।

रावल अब त्यही शैलमिा अगाडि बढ्न खोजेका छन् । उनी एमालेभित्र पदाधिकारी र केन्द्रीय सदस्य चयनमा चुनावको वाध्यकारी अवस्था बनाउन सफल भएका छन् । एमालेभित्रको लोकतन्त्रलाई ढल्न नदिन सफल भएका छन् । यसकारण उनले विजेताको शैलीमा चुनावपछि बोले । हार्ने जान्दा जान्दै उम्मेदवारी दिएर नैतिक जित हासिल गरे ।