Monday, August 15

Breaking: सुन मान्छेका नामले चिनिने सुवास घिसिङ पक्राउ

July 12, 2022

काठमाडौं । हिजो असार २७ गते फोहोर थुपार्ने गाडीको फोटो खिच्ने क्रममा सुन मान्छेका नामले चिनिने सुवास घिसिङले बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारीलाई निर्घात कुटपिट गरेका छन् ।

फोहोर व्यवसायमा संलग्न घिसिङले आफ्नो क्षेत्रमा आएर फोटो खिच बलराम श्रेष्ठमाथि हातमा लगाइएको घोच्ने औँठीले पछाडिबाट टाउकोमा हिर्काएका थिए ।

बौद्ध, नयाँवस्तीमा घिसिङको आक्रमणबाट टाउकोमा गम्भीर चोट लागेका श्रेष्ठको अहिले उपचार भइरहेको छ । श्रेष्ठको टाउकोमा तीन टाँका स्टिच गरिएको बागमती सफाइ महाअभियानका अभियन्ता किशोर जंग शाहीले बताए ।

उनले भने, ‘फोहोर माफियाको यो हरकत निन्दनीय छ । यस्तो प्रवृत्तिको खुलेर विरोध गर्छौँ । बागमती किनारमा फोहोर फाल्नु नै गलत थियो । तर, हटाउने हिम्मत कसैको भएन । यसै कारण उनीहरूको मनोबल बढ्दै जाँदा यसरी संघातिक हमलामा पनि उत्रिन थालो । माफियाहरूको यो हरकत भर्त्सनायोग्य छ ।

घिसिङ अहिले पक्राउ परेर महानगरीय प्रहरी वृत्त बौद्धमा रहेका छन् ।घिसिङले दादागिरी देखाएर नदी किनारामा फोहोर संकलन केन्द्र बनाउदा बागमतीको ब्युटिफिकेसनको काममा समेत असर पुगेको समितिले जनाएको छ । उनले राजनीतिक दलका नेताहरुलाई आफ्नो पक्षमा पादै फोहोरको डनको रुपमा सरकारको कामलाई समेत अवरोध सृजना गर्दै आएको समितिका एक कर्मचारी बताउछन ।

Comment