Ultimate magazine theme for WordPress.

अछाममा बस दु’र्घटना, दुई जनाको ज्यान गयो, थप विवरण आउन बाँकी

37

अछाममा मंगलबार भएको बस दु’र्घटनामा दुई जनाको मृ’त्यु भएको छ । जिल्ला सदरमुकाम मंगलसैनबाट धनगढीका लागि छुटेको ना६ख ८२९ नम्बरको बस कैलाशखोला नजिकै दु’र्घटना हुँदा दुई जनाको घ’टनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

दु’र्घटनामा परी मंगलसेन नगरपालिका-१४ का ५७ बर्षीय टंकबहादुर भण्डारी र मंगलसेन नगरपालिका-१ बस्ने २१ बर्षीय एकेन्द्र थापाकाे ज्यान गएकाे प्रहरीकाे भनाइ छ । प्रहरीका अनुसार बसमा कति यात्रु थिए भन्ने एकिन विवरण आइसकेको छैन । बस उ’ल्टो फर्किएकाले धेरैको ज्यान गएको हुन सक्ने आशंका गरिएको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।उता कास्कीमा यात्रवाहक बस दु’र्घटना हुँदा एक जनाको मृ’त्यु भएको छ । अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा भैरहवाबाट बागलुङका लागि छुटेको बस सडकबाट ३० मिटर तल खसेर दु’र्घटना हुँदा घा’इते भएका बस चालक पाल्पाका भुपनाथ खनालको उपचारको क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

दु’र्घटनामा बागलुङका शिवराम शर्मा, कृष्ण खड्का, राजु श्रेष्ठ, उमलाल श्रेष्ठ, सुवर्ण सापकोटा, पर्वत फलेवासका सूर्य तिवारी, चितवन भरतपुरका साधना उपाध्याय, दु’र्घटनास्थल पाउदुरकी माया विक घा’इते भएका कास्की प्रहरी प्रवक्ता सुन्दरमणी तिवारीले जानकारी दिए । उनीहरुको पोखरास्थित फिस्टेल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।