Ultimate magazine theme for WordPress.

ओलीभन्दा अष्टलक्ष्मी र गोकर्ण ‘पपुलर’

119

चितवन-नेकपा एमालेको १०औँ महाधिवेशनले केपी ओलीको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको छ । चितवनमा भएको महाधिवेशनमा भएको मतदानबाट नेतृत्व चयन गरिएको हो ।

अध्यक्षमा विजयी भएका ओलीले १८४० ल्याए । तर, ओलीभन्दा बढी मत ल्याएर उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा गोकर्ण विष्टले मत पाएका छन् । ओलीको भन्दा उनीहरूले बढी मत ल्याएर महाधिवेशनमा पपुलर मत पाएका हुन् । उपाध्यक्षमा निर्वाचित शाक्यले १९७६ र सचिवमा निर्वाचित विष्टले १९७६ मत ल्याएका छन् ।

साथै ओलीभन्दा बढी मत ल्याउने पदाधिकारीमा उपाध्यक्षत्रय सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६ र युवराज ज्ञवालीले १८४२ मत ल्याएका छन् । साथै सचिवमा निर्वाचित योगेश भट्टराईले पनि ओलीको भन्दा बढी मत ल्याएका छन् । उनले १९६४ मत पाएका छन् ।

एमाले १०औँ महाधिवेशनबाट पाँच जना सचिव विजयी भएका छन् । चितवनमा भएको महाधिवेशनको मतगणनाको अन्तिम नतिजाअनुसार सचिवका उम्मेदवार टोपबहादुर रायमाझी, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, गोकर्ण विष्ट विजयी भएका हुन् ।

विजयी हुने विष्टले १९७६, भट्टराईले १९६४, अर्यालले १८००, विश्वकर्माले १८००, भट्टले‍‍ १७०४, रायमाझीले १७०० र महासेठले १५१३ मत ल्याए । सचिवका प्रत्यासीद्वय भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् । आचार्यले १३०० मत र कार्कीले ५०० मत ल्याए ।