Ultimate magazine theme for WordPress.

यस्तो हुन्छ भन्ने पहिल्यै थाहा थियो: भीम रावल

190

नेकपा (एमाले) को महाधिवेशनमा अध्यक्षमा पराजित भएका पूर्वउपाध्यक्ष भीम रावलले मत परिणाम यस्तो आउँछ भन्ने आफूलाई पहिल्यै थाहा भएको बताएका छन्।

अनौपचारिक मत परिणाम सार्वजनिक भएपछि संक्षिप्त कुरा गर्दै रावलले यस्तो हुन्छ भन्ने थाहा पाएरै आफूले पाइला चालेको बताए। ‘यस्तो हुन्छ भन्ने मलाई पहिला नै थाहा थियो। सबै थाहा पाएरै पाइला चालेको हुँ,’ रावलले भने,‘बाँकी कुरा अहिले घोषणा सभामा अध्यक्षलाई बधाई दिएर आएपछि भन्छु।’

मंगलबार दिउँसो सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओलीले १८४० मत ल्याउँदा रावलले २२३ मत पाएका छन्। एमालेको नवौं महाधिवेशनबाट रावल उपाध्यक्ष निर्वाचित भएका थिए। यसपालि ओलीले आफूले छानेको सूचीमा सबैलाई सहमति गर्न आग्रह गर्दा रावलले अस्वीकार गर्दै उनीविरूद्ध उम्मेदवारी दिएका थिए।