Ultimate magazine theme for WordPress.

‘येशुको नाममा हटिजा’ भन्दै धर्म परिवर्तन गराउने पास्टर केशवराज आचार्यलाई दुई वर्ष कै’द

275

काठमाडौं । डोल्पामा धर्म परिवर्तन गराएको अभियोगमा अदालतले एक जनालाई २ वर्ष कै’द र २० हजार रुपैयाँ ज’रिवानाको स’जाय सुनाएको छ ।

जिल्ला न्यायाधीश केशवराज चपाईंको इजलासले पास्टर केशवराज आचार्यले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ का महिलालाई ज,’बर्जस्ती धर्म परिवर्तन गराएको ठ’हर गर्दै २ वर्ष कैद र २० हजार रुपैयाँ ज’रिवाना गरेको हो ।गत वर्ष आचार्यले बि’रामी भएका दुई महिलाको उपचार गर्ने भन्दै ‘प्रभु येशुको नाममा हटिजा’ भनेको र

ती महिलाहरुको फोटो भिडियो खिचेर प्रचार प्रसार गरेको भन्दै जिल्ला अदालत डोल्पामा मु’द्दा परेको थियो । उनलाई मुलुकी फौ’जदारी सं’हिताको दफा १५८ को उपदफा १, २ र ३ अनुसार अदालतले स’जाय सुनाएको वैतनिक वकिल घनश्याम उपाध्यायले जानकारी दिए ।

आचार्य पोखरा चिप्लेढुंगास्थित प्रशस्त क’टनी मण्डलका पा’स्टर हुन् । उनीविरुद्ध जिल्ला अदालत कास्कीमा पनि धर्मपरिवर्तनसम्बन्धी मुद्दा वि’चाराधीन छ । मुलुकी अ’पराध संहिताको दफा १५८ को (१) मा कसैले कसैको धर्म परिवर्तन गराउन र धर्म परिवर्तनको उद्योग गर्न नहुने उल्लेख छ ।

त्यस्तै कुनै धर्म परिवर्तन गराउन वा धर्म परिवर्तन गराउने नि’यतले त्यस्तो धर्म वा मत प्रचार गर्न नहुने पनि उल्लेख छ । धर्म परिवर्तन गराएमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म ज’रिवाना हुने व्यवस्था छ ।