Ultimate magazine theme for WordPress.

डिएसपीको ‘युनिफर्म’ लगाएर टिकटकमा भिडियो हाल्ने यी को हुन् ?

726

काठमाडौं – एक वर्षअघि २२ असोज २०७७ मा प्रहरी प्रधान कार्यालयले चलचित्र, टेलिचलचित्र, टिकटकमा प्रहरीको पोसाक चरम रुपमा दुरुपयोग भएको भन्दै क’डाई गर्ने निर्णय गर्यो।

स्वीकृति नलिकन यस किसिमका कुनै पनि कार्य गरेको पाइएमा कडा कारवाही गर्ने प्रधान कार्यालयको चे’तावनी थियो। तर, प्रधान कार्यालयको २२ असोजको निर्णय कार्यान्वयन हुन सकिरहेको छैन। आफ्नै कर्मचारीहरुदेखि सर्वसाधारणहरुले नेपाल प्रहरीको युनिफर्म (पोसाक) लगाएर दु’रुपयोग गरिरहेको भेटिएको छ।

केही समयअघि नेपाल प्रहरीका एकजना सिपाहीले पेस्तोल देखाएरै टिकटक बनाएका थिए। ‘कमलेश यादव६४२२’ नामको टिकटक आईडीबाट पेस्तोल देखाएर बनाइएको टिकटक भिडियो सार्वजनिक भएसँगै ती व्यक्तिलाई तत्कालै प्रहरी प्रधान कार्यालय तानेर का’रबाही गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले बताए।

बा१२च ७४३२ नम्बरको गाडी अगाडि बसेर ती व्यक्तिले पे’स्तोलसहित वा’कीटकी सेट बोकेको भिडियोमा देख्न सकिन्छ। जबकी कुनैपनि प्रहरी कर्मचारीले पे’स्तोल देखाएर टिकटक बनाउन पाउँदैनन्। जुनकुरा प्रवक्ता कुँवर आफैं स्वीकार्छन्। अहिले फेरी दुई महिला र एक पुरुषले नेपाल प्रहरीको पोसाक लगाएर टिकटक बनाएको भिडियो भाइरल बनेको छ।

‘@nishapakhrintmg’ आइडीमार्फत सार्वजनिक टिकटक भिडियोमा अधिकांशले ‘नेपाल प्रहरीको युनिर्फमको दु’रुपयोग’ भएको कमेन्ट गरेका छन्। नराम्रो कमेन्टहरु आएपछि अहिले उक्त भिडियो भने ह’टाइएको छ। उक्त भिडियो कुनै कार्यक्रमको लागि लगिएको तर ती मानिसहरुले दु’रुपयोग गरेको अनुमान गर्न सकिन्छ।

एक टेलिभिजनको कार्यक्रममा उक्त भिडियो बनाइएको पछाडिको ब्यानरमा देख्न सकिन्छ। एक महिलाले प्रहरी नायब उपरीक्षक (डिएसपी) को युनिर्फम लगाएकी छन् भने अर्की महिलाले प्रहरी नायब निरीक्षक (सई) को युनिफर्म लगाएकी छन्। यस्तै पुरुषले प्रहरी निरीक्षक (इन्स्पेक्टर) को युनिफर्म लगाएका छन्।

‘पापी ल’ड्के जवानले है.. कहिले हँसायो, कहिले रुवायो’ भ्वाइसमा उनीहरुले टिकटक बनाएका हुन्। भिडियोमा सयौं कमेन्टहरु आएको थियो। तर अहिले उक्त भिडियो ‘@nishapakhrintmg’ आईडीबाट ह’टाइएपनि अन्य व्यक्तिहरुले ‘डु’यट’ गरेका छन्।

यस्तैमा उनीहरुले बनाइरहेको टिकटकमा अर्का एकजना पुरुष समेत आएर नाचेका छन्। भिडियोमा सई भनिएकी महिलाले ती अर्का पुरुषलाई भ’ल्गर पारामा ठे’लेको देख्न सकिन्छ। यद्यपी ती महिला र पुरुष को हुन् प’हिचान भएको छैन। यस विषयमा नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुँवरले घटनाबारे पहिला नै थाहा भएकाले अनुसन्धान भइरहेको बताए।

‘यस विषयमा सम्बन्धित संस्थालाई ध्यानकर्षण गराइसकिएको छ,’ उनले भने। ‘स्वीकृती लिएर प्रहरीको पोसाक लगेको भएपनि यस्तो ज’थाभावी रुपमा टिकटक बनाउन पाइने छैन,’ प्रवक्ता कुँवर भन्छन्, ‘यदि कोही कसैले यस्तो नचाहिने काम गरेको छ भने प्रहरीलाई खबर गरिदिनुहोला।’