अबदेखि नेपालमा बनेका लुगामात्रै लगाउँछु, पार्टीको कुनै पनि कार्यक्रममा स्टेजमा बस्दिनँः रवि लामिछाने – Gandaki Chhadke
Friday, August 12

अबदेखि नेपालमा बनेका लुगामात्रै लगाउँछु, पार्टीको कुनै पनि कार्यक्रममा स्टेजमा बस्दिनँः रवि लामिछाने

July 14, 2022

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अबदेखि नेपालमा बनेका पोशाकमात्रै लगाउने घोषणा गरेका छन् । झापामा आयोजित पार्टीको जिल्ला भेलामा उनले सो घोषणा गरेका हुन् । लामिछानेले नेपाली उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने भन्दै त्यसका लागि आफूबाटै सुरु गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

उनले भने, ‘परिवर्तन आफैंबाट गर्नुपर्ने रहेछ । हालै मैले चितवनको कार्यक्रममा आफ्नो राजनीतिक जीवनमा नेपालमा बनेका नेपाली फेब्रिक्समात्रै लगाउँछु भनेको थिएँ । मैले अहिले लगाएको पहिरन नेपालमा बनेको हो । म नेपालमा बनेका सामानहरु प्रयोग गर्नेछु ।’

स्वदेशी उत्पादनको प्रवर्द्धनमा आफ्नो पार्टी लागिपर्ने लामिछानेको प्रतिवद्धता थियो । उनले थपे, ‘नेपालमा बनेका लुगा र सामान प्रयोग गर्दा उत्तिकै प्रभावशाली देखिनसक्छु जस्तो लागेको छ । मैले अहिले लगाएको तलदेखि माथिसम्मको पोशाक नेपाली उत्पादन हो । म निरन्तर नेपाली उत्पादनमात्रै प्रयोग गर्नेछु ।’

लामिछानेले आफू पार्टीको कुनै पनि कार्यक्रममा स्टेजमा नबस्ने अर्को घोषणा पनि गरेका छन् ।

Comment