Ultimate magazine theme for WordPress.

अष्ट्रेलियाकाे संघीय संसदका एक तिहाइ कर्मचारीमाथि याै’न दु’र्व्यवहार हुने गरेको खुलाशा

29

क्यानवेरा- अष्ट्रेलियाकाे संघीय संसदका एक तिहाइ कर्मचारीमाथि याै’न दु’र्व्यवहार हुने गरेकाे एउटा प्रतिवेदनमा जनाइएकाे छ । संघीय संसद्की एक पूर्वकर्मचारीले मन्त्रालयमा नै याै’न दु’र्व्यवहार भएकाे गुनासाे सार्वजनिक भईरहेका बेला प्रतिवेदन तयार पारिएकाे हाे ।

उनकाे भनाई सार्वजनिक भएसँगै क्यानवेरामा हुने याै’न दु’र्व्यवहारका विभिन्न घटना सार्वजनिक भएका थिए । दु’र्व्यवहारबाट अधिकांश महिला पी’डित भएकाे याै’न वि’भेदसम्बन्धी अ‍ायुक्त के’ट जे’नकिन्सले बताएकी छन् । प्रतिवेदनअनुसार संघीय संसदका ५१ प्रतिशत कर्मचारीले कुनै न कुनै प्रकारकाे याै’न दु’र्व्यवहार सा’मना गरेकाे उल्लेख छ ।

‘उनीहरुकाे याै’न दु’र्व्यवहारकाे अनुभवले संसदकाे गरिमामाथि नै प्रश्न ख’डा भएकाे छ’,जेनकिन्सले भनिन् । प्रतिवेदनलाई प्रधानमन्त्री स्कट माेरिसनले ड’रलाग्दाे बताएकी छन् । संसदमा महिलामाथि हुने दु’र्व्यवहारबारे एक कानले सुनेर अर्काे कानले उडाइ दिएकाे प्रधानमन्त्री माेरिसनमाथि अ‌ाराेप लाग्दै आएकाे थियाे ।

अध्ययनमा संघीय संसदका १७२३ पूर्वकर्मचारी र ३३ अ‍ाेटा संगठनका विभिन्न व्यक्तिसँग अन्तर्वार्ता लिइएकाे थियाे । प्रतिवेदनअनुसार ६३ प्रतिशत महिला सांसदले याै’न दु’र्व्यवहार सा’मना गरेका छन् । याे संख्या दु’र्व्यवहारमा परेका कर्मचारीकाेभन्दा धेरै हाे ।