Ultimate magazine theme for WordPress.

३ वर्षदेखि देशविदेशका अस्पताल धाउँदा न’फर्किएको आँखाको ज्योती फर्कियो

196

बाराको कलैया निवासी सन्तोष कुमार शर्माको दाहिने आँखाको ज्योति फ’र्किएको छ । विगत ३ वर्षदेखि दाहिने आँखा नदेख्ने समस्याबाट पि’डित रहेका शर्माले गुमेको आँखाको ज्योती फर्काउन देश तथा विदेशका विभिन्न आँखा अस्पतालहरुमा धाए ।

बायाँ आखाबाट मात्रै उनलाई नियमित कामकाज गर्न स’कस भइरहेको थियो । सोही सकसलाई सहज बनाउन वीरगञ्ज आँखा अस्पताल सफल भयो । वीरगञ्जस्थित वीरगञ्ज आँखा अस्पतालका बरिष्ठ नेत्र चिकित्सक डा. चन्दन बनर्जीको सफल श’ल्यक्रियापछि शर्माको दाहिने आँखाको ज्योति पुनः फर्किएको अस्पतालका सञ्चालक अनवर अलीले बताए ।

देश तथा विदेशका ठूल ठूला आँखा अस्पतालहरुमासमेत उपचार गराउँदा नफर्किएको शर्माको दाहिने आँखाको दृष्टि वीरगञ्ज आँखा अस्पतालबाट फर्किएपछि शर्माको खुशीको सिमा छैन । दाहिने आँखाबाट पनि देख्न सक्ने भएपछि शर्माले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै डा. ब’नर्जीसहित उनको समूह र अस्पतालप्रति आभार व्यक्त गरेका छन् ।

यद्यपी आभारको शब्द पनि अपर्याप्त हुने शर्माले भने । यता अस्पतालका सञ्चालक अनवर अलीले आफ्नो अस्पतालमार्फत दृ’ष्टिबिहिनहरुको दृष्टि फिर्ता हुँदा सन्तुष्टीको आ’भाष हुने प्रतिक्रिया दिए ।डा. ब’नर्जीले यो मात्रै नभएर यसअघि पनि थुप्रै दृष्टिबिहिनहरुको दृष्टि फर्काईसकेका छन् ।