Ultimate magazine theme for WordPress.

विवाहको बाजाले ६३ ओटा कुखुराका चल्ला हृ’दयघातका कारण म’रेपछि किसानले दिए प्रहरीमा उजुरी

136

उडिसा। भारतमा विवाहको परम्परागत बाजाका कारण अ‍ाफ्ना ६३ ओटा कुखुराका चल्ला मा’रिएको एक व्यक्तिले गुनासो गरेका छन्। सन्दर्भ यसै साताको ‌अ‍ाइतबारको पूर्वी उडिसा राज्यमा भएको घटना हो।

विवाहमा चर्को अ‍ावाज बजाउँदा कानको जाली फु’टेर मध्यरातमा अ‍ाफ्ना चल्लाहरु म’रेको किसान रन्जित कुमार परिदाले अ‍ारोप लगाएका छन्। ‘बाजा बजाउने मानिसहरुलाई बाजको अ‍ावाज सानो बनाउन अग्रह गरे, तर उनीहरुले सुनेनन्। विवाहमा निकै च’र्को अ‍ावाजमा बाज बजाइएको थियो।’

उनले भने। अ‍ाफूले सम्झाउँदा बेहुलीका साथीहरुले झनै थ’र्काएको उनले गुनासो गरे। क्ष’तिपूर्तीको माग गर्दै उनले विवाह अ‌ायोजकविरुद्ध उ’जुरी गरेका छन्। एक पशु चिकित्सकले ह्दयघा’त भएर चल्ला म’रेको बताएका छन्। जीव विज्ञानका प्राध्यापक सूर्यकान्त मिश्रले चर्को अ‍ावाजले चराचुरुङ्गीमा ह्दयघा’त हुने बताएका छन्।

‘चर्को संगीत वा अ’कस्मातको उ’त्तेजना र चो’टले चराचुरुङ्गीको जै’विक चक्रमा असर गर्छ’ उनले भने। यसैबीच प्रहरीले दुबै पक्ष मिलेर स’मस्या स’माधान गर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको छ।