Ultimate magazine theme for WordPress.

जुम्लामा बस दु’र्घटना, दुई जनाको मृ’त्यु

81

कर्णाली । जुम्लाको सिंजा गाउँपालिकामा बस दु’र्घटना हुँदा दुई जनाको मृ’त्यु भएको छ । दु’र्घटनामा दुई जना घा’इते भएका छन् । कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना६ख ४४३८ नंको बस सिंजा

गाउँपालिका–२ जुम्ला घोडेङ्गा गाउँमा दु’र्घटना भएको हो ।बस सडकदेखि करिब २०० मिटर तल खसेको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले जानकारी दिइन् । प्रारम्भिक जानकारीअनुसार घ’टनास्थलमा नवीन रावल र विशाल बमको मृ’त्यु भएको उनले बताए ।

बसमा चार जना मात्र सवार थिए । घा’इतेको उद्धार गर्न प्रहरी निरीक्षक युवन चौधरी नेतृत्वको प्रहरी टोली त्यसतर्फ गएको छ । घा’इतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान एम्बुलेन्स पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो पनि – पूर्वी नवलपरासीको कावासोती १६ डण्डाकी २१ बर्षीया सरस्वती कार्की वेपत्ता भएपछि परिवारले खोजी गरिदिन आग्रह गरेका छन् ।

गत कार्तिक १२ गते आफ्नै घर कावासोती १६ डण्डाको गैरी गाउँदेखि माइत जान्छु भन्दै निस्केकी उनी माइति पक्ष हुप्सेकोट २ कोलियामा पनि सम्पर्कमा न आएपछि परिवारले गत कार्तिक २८ गते जिल्ला प्रहरी कार्यालय कावासोतीमा उजूरी दर्ता गरेका थिए ।

प्रहरीले १ महिनादेखि खोजी कार्य जारी राखेको भए पनि अहिले सम्म पत्ता लगाउन नसकेपछि बेपत्ता महिलाका श्रीमान बिक्रम केसीले आफ्नी श्रीमती खोजी गरिदिन आग्रह गर्नुभएको छ । ३ बर्ष अगाडी धुमधामसंग बिहे गरेकी छोरी वेपत्ता भएपछि सरस्वतीका

बुवा राजन कार्की र श्रीमान बिक्रम केसीले संयुक्त रुपमा उजुरी दर्ता गरेको राजन कार्कीले बताउनुभयो ।कार्कीले गहुँगोरो बर्णकी आफ्नी छोरी कतै फेला परेमा नजिकको प्रहरी कार्यालयमा वा सरस्वती कार्कीको बुबाको मोबाइल ९८०४४७१६२२ मा सम्पर्क गरिदिन समेत आग्रह गर्नुभएको छ ।