Ultimate magazine theme for WordPress.

भुपेन्द्रको ह,’त्या प्रकरणमा नयाँ तथ्य फेला, भुपेन्द्रको ह,’त्या अघि नवीन रावलको ह,’त्या गर्ने योजना

539

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवालको ह,’त्या प्रकरणको अनुसन्धानमा नयाँ तथ्य फेला परेको छ । प्रहरी अनुसन्धानका क्रममा भुपेन्द्रको ह,’त्या भएकै दिन नवीन रावलको ह,’त्या योजना बनेको प्रहरी अनुसन्धानमा संलग्न एक अधिकारीले जानकारी गराएका छन् ।

नवीन भुपेन्द्र ह,’त्या आरोपमा फरार छन् । प्रहरीले नवीनकै योजनामा भुपेन्द्रको ह,’त्या भएको बताउँदै आएको छ । गत कात्तिक २३ गते साँझ भुपेन्द्रको टीकापुरमा ह,’त्या भएको थियो । उनीमाथि आर्यन देवकोटाले च’क्कु प्र’हार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

फुटबल मैदानमा सँगै थिए मृतक नवीन र भुपेन्द्र– कात्तिक २३ गते कैलालीको ल’म्कीमा रहेको मैदानमा थिए नवीन रावल र भुपेन्द्र बडुवाल । नवीनसँग उनको ‘ग्या’ङ’का अन्य सदस्य पनि लम्कीकै मैदानमा भइरहेको फुटबल हेरिरहेका थिए ।

प्राप्त जानकारीअनुसार भुपेन्द्रले त्यहाँबाट नवीनका गतिविधिबारे कपिल श्रेष्ठलाई जानकारी दिइरहेका थिए । सो क्रममा कपिलले भुपेन्द्रलाई २६ पटक र भुपेन्द्रले कपिललाई चारपटक फोन गरेको देखिएको छ ।गु’ण्डाग’र्दीमा सक्रिय कपिलले भुपेन्द्रमार्फत् नवीन रावल र उनको स’मूह फुटबल मैदानबाट कहाँ जान्छन् ?

के गर्छन् भन्ने कुराको जानकारी लिइरहेका थिए । प्रहरी अधिकारी भन्छन्, “कपिलले भुपेन्द्रमार्फत् नवीनको सूचना लिइरहेका थिए । तर नवीन फुटबल मैदानबाट कहाँ गए अरुले जानकारी पाएनन् ।”कपिललगायतलाई नवीन रावल टीकापुर जाने सूचना थियो ।

सोही सूचनाको आधारमा उनीहरु कैलालीको डु’डेझारी जंगलमा खुँ’डालगायतका धा’रिलो ह’तियार लिएर बाटोमा प’र्खिएर बसेको अनुसन्धानमा खुलेको छ ।कपिलको भनाई उद्धृत गर्दै एक अधिकारी भन्छन्, “हाम्रो स’मूहले नवीनलाई मा’र्ने योजना बनाएको थियो ।

तर योजनाअनुसार फुटबल मैदानबाट नवीन कतिबेला नि’स्किए सूचना पाउन सकिएन ।”डुडेझारीको जंगलको बाटो हुँदै नवीन नभएर मदन शाही (प्रहरी इन्सपेक्टर)का भाई जान लागेको अवस्थामा उनी कपिल श्रेष्ठको ग्या’ङको फेला परे ।मोटरसाइकलमा रहेका मदनले ह’तियारसहित देखेपछि उनी मोटरसाइकल कु’दाएर त्यहाँबाट उ’म्किन सफल भए ।

जयन्द्र शाहको स’मूहले नवीनलगायतको स’मूहलाई खोजी रहेको थियो । मृ’तक भुपेन्द्र र जयन्द्रको समेत राम्रो सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।मदन उ’म्किन सफल भएपछि प्रहरीले डु’डेझारीमा रहेको कपिलको स’मूहका केही सदस्यलाई नियन्त्रणमासमेत लिएको थियो ।

सोही क्रममा त्यहाँबाट कपिल उ’म्किन सफल भए । उनी टीकापुरमा बारीमा लुकेका थिए ।कपिलहरुको पञ्जाबाट उ’म्किएका मदन र भुपेन्द्रको भेट टीकापुरस्थित रोड साइड क्याफेमा भएको देखिएको छ । त्यहाँ नवीनको स’मूहले कपिल स’मूहको खोजी गर्ने र जसलाई देख्यो त्यसलाई सि’ध्याउने योजना बनाएको पाइएको छ ।

दुवै समूह एक अर्कालाई खोज्न सक्रिय भए । प्रहरीको हातबाट उ’म्किएका कपिलले फेरि साँझ आफूलाई लिन जसरी पनि आउन भनेको पाइएको छ । सोही क्रममा भूपेन्द्र नवीन स’मूहको फेला परे । भूपेन्द्रसँगै रहेका अर्का साथी भाग्न सफल भए ।आर्यन देवकोटाले भुपेन्द्रमाथि च’क्कु प्र’हार गरे ।

उनको मृ’त्यु भयो ।प्रहरीले आर्यनलाई नै मुख्य अ’भियुक्त बनाएको छ । केहीदिनमै पत्रकार सम्मेलन गरेर अ’भियुक्त सार्वजनिक गर्ने प्रहरी तयारी छ ।नवीन रावल फरार छन् । उनीवि’रुद्ध प्रहरीले विभिन्न अ’पराधमा संलग्न भएका उ’जुरी पनि रहेको जनाएको छ ।

कपिल केही दिनअघि मात्रै काठमाडौंबाट कैलाली गएका थिए । तर उनी गएकै दिनदेखि घर नगएर टीकापुरकै एक होटलमा बसेका थिए । त्यहाँबाट उनले नवीन र उनको समूहमाथि आ,’क्रमणको योजना बनाएको र त्यसका लागि उनले भूपेन्द्रलाई प्रयोग गरेको खुलेको छ ।

प्रहरीका अनुसार घटनामा दुई गु’ण्डा स’मूहको पुरानो ‘दु’स्मनी’ नै रहेको पाइएको छ । आफ्नो प्र’भुत्व ज’माउन टीकापुर लम्की क्षेत्रमा ५ बढी गु’ण्डा स’मूह सक्रिय रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।गु’ण्डाहरुलाई विभिन्न राजनीतिक दलका स्थानीय नेताहरुले समेत संरक्षण गरेको सं’केत पाइएको प्रहरी अधिकारीहरु बताउँछन् ।

एक अधिकारी भन्छन्,“विगतमा भुपेन्द्र पनि कहीँ न कहीँ गु’ण्डा समूहसँग जोडिएका देखिन्छन् । त्यसैले कपिलले उनलाई प्रयोग गरेका हुन् । तर खासमा दुई गु’ण्डा समूहको मो’हरा उनी बने ।”काठमाडौंमा बस्दै आएका बडुवाल दसैं मान्न घर फर्किएका थिए ।

तिहारपछि उनी काठमाडौं फर्किने योजनामा थिए ।घटनाको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) जिल्ला प्रहरी र प्रदेश प्रहरी कार्यालयको विशेष टोली सक्रिय छ ।केशवराज जोशी/बाह्रखरी