Ultimate magazine theme for WordPress.

भारतले अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय गर्‍यो, नेपालसँगको व्यावसायिक उडान पनि प्रभावित

197

भारतले फेरि अन्तर्राष्ट्रिय उडान रोक्ने भएको छ । यसअघि भारतले डिसेम्बर १५ गतेदेखि अन्तर्राष्ट्रिय उडान शुरू गर्ने बताएको थियो । तर को-भि’ड–१९ को नयाँ ओ’मिक्रोन भेरियन्टको त्रासका कारण उक्त निर्णय भारतले फेरेको छ ।

उक्त निर्णयबारे भारतको नागरिक उड्डयन महानिर्देशनालयले बुधबार एक परिपत्र जारी गर्दै जनाएको छ ।‘चि’न्ताको विषय बनेको नयाँ भेरियन्ट पत्ता लागेपछि । विश्वभर विकसित परिदृश्यलाई मध्यनजर गर्दै सबै सरोकारवालासँगको परामर्शका आधारमा अवस्थालाई नजिकबाट हेरिएको छ ।

उपयुक्त समयमा निर्णय गरी अन्तर्राष्ट्रिय व्यवसायिक उडान सुचारु गर्ने मितिबारे सबैलाई सूचित गरिने छ,’ महानिर्देशनालयले जारी गरेको परिपत्रमा भनिएको छ ।यो सँगै नेपाल र व्यावसायिक उडानसमेत प्रभावित बनेको छ ।

यो पनि – को’रोना संक्रमण भएर कक्षा १२ का विद्यार्थीको छुटेको परीक्षा आज हुने भएको छ। भदौ ३० गतेदेखि सञ्चालित परीक्षामा को-भि’ड १९ संक्रमण भएर सहभागी हुन नसकेका परीक्षार्थीको लागि राष्ट्रिय परीक्षा बोर्डले मंसिर १६ (आज) परीक्षा गर्ने भएको हो।

बोर्डका नियन्त्रक कृष्ण शर्माका अनुसार परीक्षार्थी रहेका जिल्लाबाटै उनीहरुलाई परीक्षामा सहभागी हुने अवसर दिइनेछ । शर्माका अनुसार यस्ता परीक्षार्थी मुलुकभर ४१ जना छन्। उनीहरुको परीक्षाको नतिजा भने अन्य परीक्षार्थीको भन्दा ढिलो हुनेछ। तर उनीहरुलाई पनि अन्य सरह यसै वर्ष स्नातक अध्ययनको अवसर दिइनेछ।

यस्तै बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गते भित्र सार्वजनिक गर्ने तयारी गरेको छ। कक्षा १२ को परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो। परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी छन् ।