Ultimate magazine theme for WordPress.

दक्षिण अफ्रिकामा को’रोनाको नयाँ भेरियन्ट ‘ओ’मिक्रोन’ को सङ्क्रमण दोब्बरले बढ्यो

429

काठमाण्डाै – दक्षिण अफ्रिकामा को’रोनाको नयाँ भाइरस ‘ओ’मिक्रोन’ को सङ्क्रमण थप फैलिएको छ ।गएको सोमवारयता सङ्क्रमितको सङ्ख्या दोब्बरले बढेको छ । पछिल्लो २४ घण्टामा आठ हजार पाँच सय नयाँ सङक्रमित भएका छन् ।

नयाँ भेरियन्ट सुरुमा दक्षिण अफ्रिकामा भेटिएको थियो । अमेरिकामा पनि दक्षिण अफ्रिकाबाट फर्किएका एक जनामा ओ’मिक्रोनको सङ्क्रमण देखिएको छ ।नाइजेरियामा पनि ओमिक्रोन भेरियन्ट देखिएको बीबीसीले जनाएको छ । नाइजेरियन सेन्टर फर डिजिज

कन्ट्रोलका अनुसार गएको हप्ता दक्षिण अफ्रिकाबाट नाइजेरिया आएका यात्रुमा ओ’मिक्रोन भेरियन्ट पत्ता लागेको हो ।ओ’मिक्रोन कति सङ्क्रामक छ र अहिले उपलब्ध खोप त्यसका लागि कति प्रभावकारी छ भनेर अध्ययन भइरहेको छ ।

यो पनि – भारतले फेरि अन्तर्राष्ट्रिय उडान रोक्ने भएको छ । यसअघि भारतले डिसेम्बर १५ गतेदेखि अन्तर्राष्ट्रिय उडान शुरू गर्ने बताएको थियो । तर को-भि’ड–१९ को नयाँ ओ’मिक्रोन भेरियन्टको त्रासका कारण उक्त निर्णय भारतले फेरेको छ ।

उक्त निर्णयबारे भारतको नागरिक उड्डयन महानिर्देशनालयले बुधबार एक परिपत्र जारी गर्दै जनाएको छ ।‘चि’न्ताको विषय बनेको नयाँ भेरियन्ट पत्ता लागेपछि । विश्वभर विकसित परिदृश्यलाई मध्यनजर गर्दै सबै सरोकारवालासँगको परामर्शका आधारमा अवस्थालाई नजिकबाट हेरिएको छ ।

उपयुक्त समयमा निर्णय गरी अन्तर्राष्ट्रिय व्यवसायिक उडान सुचारु गर्ने मितिबारे सबैलाई सूचित गरिने छ,’ महानिर्देशनालयले जारी गरेको परिपत्रमा भनिएको छ ।यो सँगै नेपाल र व्यावसायिक उडानसमेत प्रभावित बनेको छ ।