Ultimate magazine theme for WordPress.

साउदी अरब र यूएईमा पनि देखियो को’रोनाको नयाँ भेरियन्ट ‘ओ’मिक्रोन’

85

दोहा– नेपाली श्रमिकको श्रम गन्तब्य रहेको साउदी अरेबिया र युएईमा पनि को’रोना भाइरसको नयाँ भेरियन्ट ओ’मिक्रोन फेला परेको छ । साउदी अरेबियाले एक जनामा ओ’मिक्रोन संक्रमणको पुष्टि भएको जनाउदै ती व्यक्तिलाई अलग गरेको जनाएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले बुधबार रियादमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्रालयका प्रवक्ता डा. मुहम्मद अल-अब्देल अलीले उत्तर अफ्रिकी देशबाट फर्किएका एक साउदी ना’गरिकमा को-भि’ड-१९ को ओ’मिक्रोन संस्करण पोजेटिभ देखिएको जानकारी दिए ।

अहिले ती व्यक्तिलाई छुट्टै आ’इसोलेसनमा राखिएको र उनीसँग सम्पर्कमा रहेकाहरूलाई अलग्गै राखि सबै रो’कथाम उपायहरू पा’लना गर्न अनुरोध गरिएको प्रवक्ता डा. अल-अब्देललाई उ’द्रित गर्दै स्थानीय संचारमाध्यमले जनाएको छ ।यसैगरी युएईमा पनि एक जनामा ’कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ ।

त्यहाँको स्वास्थ्य तथा रोकथाम मन्त्रालयका अनुसार अफ्रिकी राष्ट्रबाट आएको एक व्यक्तिमा नयाँ भेरियन्टको ओ’मिक्रोन पुष्टी भएको जनाएको छ ।उता दक्षिण अफ्रिकामा को’रोनाको नयाँ भाइरस ‘ओ’मिक्रोन’ को सङ्क्रमण थप फैलिएको छ ।गएको सोमवारयता सङ्क्रमितको सङ्ख्या दोब्बरले बढेको छ ।

पछिल्लो २४ घण्टामा आठ हजार पाँच सय नयाँ सङक्रमित भएका छन् ।नयाँ भेरियन्ट सुरुमा दक्षिण अफ्रिकामा भेटिएको थियो । अमेरिकामा पनि दक्षिण अफ्रिकाबाट फर्किएका एक जनामा ओ’मिक्रोनको सङ्क्रमण देखिएको छ ।नाइजेरियामा पनि ओमिक्रोन भेरियन्ट देखिएको बीबीसीले जनाएको छ ।

नाइजेरियन सेन्टर फर डिजिजकन्ट्रोलका अनुसार गएको हप्ता दक्षिण अफ्रिकाबाट नाइजेरिया आएका यात्रुमा ओ’मिक्रोन भेरियन्ट पत्ता लागेको हो ।ओ’मिक्रोन कति सङ्क्रामक छ र अहिले उपलब्ध खोप त्यसका लागि कति प्रभावकारी छ भनेर अध्ययन भइरहेको छ ।