साउन महिनामा आस्थाका साथ धार्मिक अनुष्ठान, पुजाआजा तथा व्रत बस्ने गरिन्छ । कतिपयले साउन महिनाभरी माछा मासु खाँदैनन् । तर केहिले भने यसलाई आडम्बर वा अन्धविश्वास मान्छन् । तर साउनमा सात्विक भोजन गर्नु, उपवास बस्नु, धार्मिक कर्ममा संलग्न हुनुको धार्मीक मात्र नभएर सामाजिक तथा वैज्ञानिक महत्व पनि छ ।
किन बस्ने ब्रत ?
वर्षायाममा वायुमन्डल ओसिलो हुन्छ, जसले विभिन्न संक्रमण फैलाउने सम्भावना अत्याधिक हुन्छ । विषालु किराहरुको संक्रमण पनि यहि बेला हुन सक्छ । त्यसैले शरीरमा हुनसक्ने सम्भावित संक्रमणबाट बच्न र शारीरिक स्वस्थ्य कायम राख्न उपवास एवं व्रतले ठूलो महत्व राख्छ ।
त्यस्तै, मनलाई सन्तुलित र शान्त राख्नका लागि धार्मिक कार्यले सघाउँछ । ग्रह-उपग्रहको प्रभावले यहिबेला शरीर कमजोर हुन्छ, पाचनयन्त्र कमजोर हुन्छ । साथै उत्तेजना, आवेग, कामवासना बढ्न सक्छ त्यसैले पनि यो महिनाको व्रत अर्थपुणर् मानिन्छ ।
कसले बस्ने व्रत ?
विशेष गरी महिलाहरु साउनमा महादेवको आराधना गरी आफ्ना श्रीमानको लामो आयुको लागि उपवास एवं व्रत बस्ने गर्दछन् । त्यस्तै, अविवाहितहरु भने राम्रो श्रीमान् पाउने मनोकांक्षासहित उपवास बस्ने चलन छ । तर आजकल भने यो व्रत महिला पुरुष दुवैले बस्ने गरेका छन् ।
Comment