Ultimate magazine theme for WordPress.

‘से’क्स’ वाला स्कुटरका कारण कलेज पढ्ने छात्रालाई घरबाहिर निस्किनै मुस्किल

1,512

काठमाडौं। तपाइँको नयाँ गाडीको नम्बर नै तपाइँको लागि सं’कटको कारण बन्यो भने के होला ? नम्बरकै कारण तपाइँले मानिसहरुको अगाडि ल’ज्जित हुनुपर्यो भने के गनुृहुन्छ ?

भारतको राजधानी दिल्लीमा कलेजकी एक छात्रालाई यस्तै भएको छ । यी युवतीको काल्पनिक नाम प्रिती बताइएको छ र उनको वास्तविक पहिचान खुलाइएको छैन ।प्रिती दिल्लीको एक मध्यम वर्गको परिवारकी छात्रा हुन् । गत महिना उनको जन्मदिन थियो र उनले आफ्ना पितासँग जन्मदिनको उपहारको रुपमा स्कुटर मागिन् ।

पिताले पनि छोरीका लागि यताउताबाट पैसा जुटाएर स्कुटर किनिदिए । यहाँसम्म त सबै ठिक थियो तर जब स्कुटर दर्ता गरेर त्यसको नम्बर लिइयो त्यसपछि सं’कट सुरु भयो । खासमा प्रितीलाई आ’रटिओ (रिजनल ट्रान्सपोर्ट अफिस)ले जुन नम्बर दियो त्यो नम्बरमा संयोगले ‘से’क्स’ शब्द बनिदियो ।

यो गाडीको नम्बर कायम गर्ने निश्चित प्रक्रियाअनुसार संयोगले भएको थियो । तर, यो नम्बरका कारण प्रितीका लागि भने सं’कट सुरु भयो । बाटोमा मानिसहरुले प्रितीलाई यही शब्दका कारण अ’पमानित र ल’ज्जित बनाउन थाले । प्रितीले पितासँग यो नम्बर परिवर्तन गराइदिन आग्रह गरिन् तर यो सम्भव हुन सकेको छैन ।

दिल्लीका एक आ’रटिओ अधिकारीका अनुसार अहिले गाडीको नम्बरमा इ’एक्स अक्षरको पालो आएको छ र यो सिरिजबाट १० हजार गाडीलाई नम्बर दिइन्छ ।दुई पाङग्रे गाडीलाई चिन्न एक अक्षर प्रयोग गरिन्छ त्यसैले यो स्कुटरको नम्बर यस्तो बन्यो ।तर , यो नम्बरका कारण प्रितीलाई भने स्कुटरमा घरबाहिर निस्किनै कठिन भएको छ ।

प्रिती यो नम्बर बदल्न चाहन्छिन् तर यो सम्भव छ कि छैन भन्ने विषयमा का’नुनी जटिलता छ । कमिश्नर अफ दिल्ली ट्रान्सपोर्ट केके द’हियाले एक भारतीय मिडियासँग कुरा गर्दै भने ‘एक पटक गाडीलाई नम्बर दिइएपछि त्यसलाई परिवर्तन गर्ने अहिले सम्म कुनै प्रा’वधान छैन । यो सबै प्रक्रिया एउटा पू’र्वनिर्धारित प्याटर्नमा चल्छ ।’