Ultimate magazine theme for WordPress.

‘रेखा थापा वी लभ यु’

242

काठमाडौं । राप्रपाको जारी महाधिवेशनमा महामन्त्रीमा उम्मेद्धवारी घोषणा गरेकी रेखा थापाले मत माग्न सुरु गरेकी छिन् । काठमाडौंको भृकुटीमण्डपमा जारी राप्रपाको महाधिवेशनमा थापाले अध्यक्षमा राजेन्द्र लिङ्देन पक्षबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

हाम्रा सहकर्मी ईश्वर कार्कीकाअनुसार अहिले थापाले महाधिवेशन प्रतिनिधिहरूसँग भोट माग्न थालेकी छन्। राप्रपामा एक महिलासहित तीन जना महामन्त्री रहने विधानको व्यवस्था छ। राप्रपा अध्यक्षमा कमल थापा र लिङ्देन पक्षले प्यानल नै बनाएर प्रतिस्पर्धा गर्न लागेका छन्।

तर निर्वाचन समितिले मतदाताको नामावली प्रकाशनलगायत चुनावी कार्यतालिकाअनुसार काम अगाडि बढाउन सकेको छैन। भृकुटीमण्डपमा थापा र लिङ्देन पक्षले भोट माग्दै नाराजुलुस पनि गरेका छन्। थापाको ब्यानर बोकेका युवाहरुले ‘पूर्व–पश्चिम के भन्छ ? राजेन्द्र लिङ्देन ले भन्छ’, ‘नारी शक्ति के भन्छ ? रेखा थापा ले भन्छ’ ना’रा लगाएका छन् ।

यो पनि – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको जारी महाधिवेशनबाट अध्यक्ष पदका उमेदवार राजेन्द्र लिङ्देनले आफ्नो प्यानल बनाएका छन् । उनको प्यानलबाट उपाध्यक्षमा पार्टीका पूर्व उपाध्यक्ष दिलविकास राजभण्डारी, पूर्व मन्त्री तथा पूर्व उपाध्यक्ष विक्रम पाण्डे र सर्लाहीका नेता रामचन्द्र राय उपाध्यक्ष लड्ने भएका छन् ।

लिङ्देन निकट एक नेताकाअनुसार महिला उपाध्यक्षमा संविधान सभा सदस्य लिला श्रेष्ठ निर्वाचन ल’ड्ने भएकी छिन् । यस्तै लिङ्देनको प्यानलबाट महामन्त्रीमा पूर्व महामन्त्री तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले निर्वाचन ल’डने भएका छन् ।

यस्तै पूर्व महामन्त्री श्याम तिमलसिना पनि महामन्त्रीको उमेदवार बन्ने भएका छन् । स्रोतकाअनुसार लिङ्देनको समूहबाट नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापा पनि महामन्त्री ल’ड्ने भएकी छिन् । उनी २०७२ सालदेखि राप्रपामा सक्रिय छिन् ।