Ultimate magazine theme for WordPress.

जापानद्धारा विदेशी प्रवेश नि’लम्बन, नेपालमा भिएफएसको सेवा बन्द

163

जापान । जापान सरकारले केही सर्तहरू पूरा गर्ने विदेशी ना’गरिकहरूलाई जापान प्रवेश गर्न जारी गरिएको विशेष भिसालाई अस्थायी रूपमा अमान्य बनाउने निर्णय गरेको छ ।

ओ’मिक्रोन को’रोना भाइरस संस्करणको फैलावटलाई रोक्न प्रयास स्वरुप त्यस्ता भिषा बाहकको प्रवेश रोक्ने नियम लागू गरिएको निक्केईले समाचार प्रकाशित गरेको छ ।नि’लम्बन, जसले जापान प्रवेश गर्न पर्खिरहेका हजारौं मानिसहरूलाई असर गर्न सक्छ ।

यस्तो निलम्बर सुरुमा एक महिनासम्म अर्थात् डिसेम्बरको अन्त्यसम्म लागू हुनेछ ।जापानले यहि सोमबारबाट नयाँ विदेशी आगमनलाई रो’केको थियो तर ‘विशेष परिस्थिति’ भएका मानिसहरूलाई भिसा जारी गरेकाले उनीहरुले जापान प्रवेश जारी राख्न सक्थे ।

यसमा नेपालबाट विशेषगरि डिपेण्डेन्ट भिषा बाहकहरु डिसेम्बर १ तारिखसम्म जापान प्रवेश गरिरहेका थिए ।तथापि, बुधवार सरकारले कूटनीतिक वा अन्य विशेष उद्देश्यका लागि यात्रा गर्नेहरूको दायरालाई सीमित गर्दै ‘विशेष परिस्थितिहरू’ को परिभाषालाई क’डा बनाएको छ ।

अघिल्लो मापदण्ड अन्तर्गत जारी गरिएका भिसाहरू अस्थायी रूपमा अमान्य हुनेछन् । एक महिनाको नि’लम्बन अवधिमा देश प्रवेश गर्न चाहने विदेशीहरूलाई पुन आवेदन दिन भनिनेछ । भिषाको लागि आवेदन दिईसकेकाहरुको लागि नयाँ मापदण्ड अनुसार प्रशोधन गरिने बताईएको छ ।

नेपालको हकमा भि’एफएसमा आवेदन दिएर अ’पोईनमेन्ट लिएकाहरुे र’द्द हुन पुगेको छ भने उनिहरुको अ’पोईनमेन्ट भि’एफएसले नै सुचारु भएपछि तोकेर नयाँ मिति जानकारी गराउने वा सूचना प्रकाशित गर्नेछ ।यो सँगै नेपालमा रहेको भि’एफएस अर्को सूचना जारी नभएसम्मका लागि अ’घोषित रुपमा बन्द गरिएको छ ।

नयाँ आवेदन लिने लगायतका काम भिएफएसले डिसेम्बर महिनाभर गर्नेछैन ।नयाँ मापदण्ड अनुसार जापानी परिवारका सदस्य, कूटनीतिज्ञ र मानवीय वा सार्वजनिक हितका लागि जापान प्रवेश गर्नेहरूलाई मात्र भिसा दिइनेछ । सरकारले यसअघिको मापदण्डमा समावेश गरिएका संगीत, खेलकुद र कला कार्यक्रममा संलग्न व्यक्तिहरूलाई प्रवेश अनुमतिलाई सीमित गर्ने योजना बनाएको छ ।