Ultimate magazine theme for WordPress.

देवघा’टधाममा शतबीज छर्न भक्तजनको भी’ड

67

तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा शतबीज छर्न आउने भक्तजनको भी’ड लागेको छ। मङ्सिर कृष्ण चतुर्दशीको दिन देवघा’टमा शतबीज छर्न आज बिहानैदेखि देवघा’टमा भक्तजनको भी’ड लागेको हो।

देवघा’ट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले देशका विभिन्न जिल्लाबाट भक्तजनको आगमन भएको जानकारी दिनुभयो। उहाँका अनुसार तनहुँका अतिरिक्त चितवन, नवलपुर, नवलपरासी, हेटौँडालगायतका जिल्लाबाट भक्तजन देवघा’ट आइपुगेका छन्।

अझै पनि को’रोना सङ्क्रमणको जोखिम कायमै रहेकाले विगतका वर्षहरुमा भन्दा यस वर्ष भक्तजनको सङ्ख्यामा कमी हुनसक्ने अनुमान गरिएको छ। “को’रोना सङ्क्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाउन सबैलाई आग्रह गरेका छौँ”, घिमिरेले भन्नुभयो, “मापदण्ड अपनाएर आज राति बत्ती बाल्न अनुरोध गरिएको छ।”

रातभर जाग्राम बसेर भक्तजनले शुक्रबार बिहान दीप प्रज्वलन गरी शतबीज छर्ने गर्दछन्। शुक्रबार बालाचर्तुदशी पर्व, शतबीज छरेर मनाइँदै छ। दि’वङ्गत आत्माको चीरशा’न्तिको कामना गर्दै शतबीज छर्ने चलन छ। शतबीज छर्नाले मृ’तकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप ना’श हुने जनविश्वास छ।

वर्षभरि दि’वङ्गत भएका आफन्तका आ’त्माको ची’रशान्तिको कामना गर्दै शतबीज छर्ने चलन छ। शतबीजबाट उम्रेर आएको अन्न दि’वङ्गतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास रहिआएको छ। सोही कारण आफन्त नहुनेले जीवनकालमै शतबीज छर्ने चलन छ।

बालाचतुर्दशीमा एक गेडा शतबीज छरे पनि एक टुक्रा सु’नजति पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीको बिहान सबेरैदेखि जौँ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रुपमा छर्ने गरिन्छ। रासस