Ultimate magazine theme for WordPress.

अरुको बैशाखीमा टेकेर समाजवादी क्रा’न्ति सम्भव छैनः गिरिराजमणि पोखरेल

44

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता, पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मधेश रुपान्तरणका लागि सामाजिक एवं साँस्कृतिक जागरणको अभियान चलाउनुपर्ने बताएका छन्।

महोत्तरीको भंगहा नगरपालिकास्तरीय माओवादी केन्द्रको पहिलो नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले समाजमा छुवाछुत, अन्धविश्वासवि’रुद्ध ल’ड्नुपर्ने बताएका हुन्। ‘समाजमा बो’क्सी, छु’वाछुत, अन्धविश्वास छ। यसविरुद्ध ल’ड्नु पर्छ।’ उनले भने, ‘वि’भेद र अ’समान्ता अन्त्य भएको छैन।

यी सबै कुरा अन्त्यका समाजवादी क्रा’न्तिको झण्डा उठाउनुपर्छ।’ पार्टीको संगठनलाई जनतासँग जोड्दै विधी र पद्धतिमा अब माओवादी केन्द्र संचालन हुने उनको भनाई छ। उनले भने, ‘हाम्रो पार्टीको ७ लाख संगठित सदस्य छन्। स्वातन्त्रत ढंगले पार्टीको संगठन निर्माण गर्न सकिएन भने अरुको बैशाखीमा टेकेर समाजवादी क्रा’न्ति सफल हुनसक्दनौं।’

नेकपा माओवादी केन्द्रका स्कूल विभागका प्रमुख समेत रहेका पोखरेलले केपी ओली फाँ’सीवादको बाटो लागेको आरोप लगाए। उनले १२५ जाती र १२३ भाषाभाषी भएको देशलाई नयाँ उचाईमा लैजान समाजवादी क्रा’न्तिको आवश्यकता रहेको उल्लेख गरे।