Ultimate magazine theme for WordPress.

८२ जनाकाे पिसिआर गर्दा २६ विद्यार्थी र दुई शिक्षकमा काे’राेना पुष्टि, विद्यालय बन्द

672

बागलुङ- बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा काे’राेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । ८२ जनाकाे पिसिआर परीक्षण गर्दा २६ विद्यार्थी र दुई शिक्षकमा काे’राेना पुष्टि भएकाे नगर स्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए ।

दुई शिक्षक र एक विद्यार्थीमा काे’राेना पुष्टि भएपछि थप विद्यार्थीकाे पिसिआर परीक्षण गरिएकाे थियाे ।विद्यार्थी र शिक्षकमा काे’राेना संक्रमण पुष्टि भएपछि विद्यालय ब’न्द गरिएकाे स्वास्थ्य कार्यालयले जनाएको छ । बलेवा क्षेत्रका विद्यालय केही दिन ब’न्द गरेर ए’न्टिजिन परीक्षण गर्न नगर शिक्षा शाखालाई अनुराेध गरिएकाे खनालले बताए ।

बलेवा क्षेत्रमा बागलुङ नगरपालिका १२, १३ र १४ नम्बर वडा पर्छन् ।बिहीबार थप तीन स्थानीय बासिन्दामा पनि को’रोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । काे’राेना संक्रमण पाइएपछि स्वास्थ्य कार्यालयको टोली आज जान लागेकाे स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले बताए ।

बागलुङमा बुधबारसम्म जम्मा १३ सक्रिय संक्रमित रहेकामा बिहीबारमात्रै थप संक्रमित थपिएपछि संख्या ४१ पुगेको छ । दुई जना संक्रमित धाैलागिरि अस्पतालकाे आइसोलेशनमा छन् ।