Ultimate magazine theme for WordPress.

कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक

1,040

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित भएको हो ।

३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ३६ जनाले ए प्लस ग्रेड ल्याएका छन् । ४८ हजार २ सय ३९ जनाले ए ग्रेड ल्याएका छन् । त्यस्तै बी प्लस ल्याउनेमा ७० हजार १ जना परीक्षार्थी छन् । बी ग्रेड ल्याउनेमा ९९ हजार ५ सय ३७ छन् ।७५ हजार ८८ जना परीक्षार्थीले सी प्लस ग्रेड ल्याएका छन् ।

सी ल्याउनेमा २४ हजार ५ सय १५ जना छन् । डी प्लस ल्याउनेमा ३ हजार ८ सय ७५ परीक्षार्थी छन् भने डी प्लस ल्याउनेमा २ सय ९६ जना छन् । १० हजार ७३ परीक्षार्थीले इ ल्याएका छन् ।गएको भदौ ३० गतेदेखि असोज ८ गतेसम्म १२ कक्षाको परीक्षा भएको थियो ।

परीक्षाफल परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत हेर्न सकिन्छ । यसका लागि वेभसाइटमा https://neb.ntc.net.np लगइन गरेर सिम्बोल नं र जन्ममिति टाइप गरेर हेर्न सकिन्छ ।भने, एसएमएस गर्नका लागि NEB टाइप गरेर एक स्पेस छोडेर सिम्बोल नं टाइप गरेर १६०० मा पठाउन सकिन्छ ।

यस्तै, आईभिआरका लागि १६०१ डाइल गर्नुपर्ने हुन्छ ।को-भि’ड–१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो । परीक्षामा मुलुक भरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी छन् । त्यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रो पटक स्थगित गरिएको थियो ।

यसअघि वैशाखमा परीक्षा गर्ने तयारी थियो । विद्यार्थीले पढेकै विद्यालयमा परीक्षा केन्द्र कायम गरी लिइएको परीक्षामा ३ लाख ७१ विद्यार्थी सहभागी थिए ।