Ultimate magazine theme for WordPress.

सुनको मूल्य घट्याे, कतिमा हुदैछ कारोबार ?

139

काठमाडौं– साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएकोमा शुक्रबार २०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको हो ।

शुक्रबार छापावाल सुनप्रति १० ग्राम ७८ हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७७ हजार ८४५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार १९० रुपैयाँ कायम भएको छ । बिहीबार पनि चाँदीको सोही मूल्य कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार २० पैसा कायम भएको महसंघले जनाएको छ ।

यो पनि – नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७० पैसा र बिक्री दर १२० रुपैयाँ ३० पैसा कायम गरेको छ ।

युरोपियन युरो आज एकको खरिद दर १३५ रुपैयाँ ९७ पैसा र बिक्री दर १३६ रुपैयाँ २५ पैसा रहेको छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ५० पैसा र बिक्री दर १६० रुपैयाँ ३० पैसा रहेको छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ०५ पैसा र बिक्री दर १३० रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ११ पैसा र बिक्री दर ८५ रुपैयाँ ५४ पैसा रहेको छ । आज क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ११ पैसा रहेको छ । जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ५८ पैसा र बिक्री दर १० रुपैयाँ ६३ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७८ पैसा र बिक्री दर १८ रुपैयाँ ८७ पैसा रहेकाे राष्ट्र बैंकले जनाएको छ ।

आज साउदी अरबियन रियाल आज एकको खरिर दर ३१ रुपैयाँ ९१ पैसा र बिक्री दर ३२ रुपैयाँ ०७ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ८८ पैसा र बिक्री दर ३३ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक सूचीमा उल्लेख छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४४ पैसा रहेको छ ।