Ultimate magazine theme for WordPress.

ओली सरकारमा आलोचित मन्त्री प्रेम आले देउवा सरकारमा बने ‘हाई हाई’

56

काठमाडौँ । त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा आन्तरिक टर्मिनलदेखि विमानस्थलको मुलगेटसम्म निःशुल्क यातायात सेवा सुरु भएको छ । आन्तरिक टर्मिनलसम्म जाने र फर्किने यात्रुहरूले लामो सडकमा लगेज गुडाउँदै घाम पानीमा हिँड्नुपर्ने बाध्यता हटाउन लागि यातायातको व्यवस्था गरिएको हो ।

यस कामबाट यात्रुको मुल गेटसम्मको यात्रा सहज भएको छ ।ओली सरकारमा वनमन्त्री हुदाँ आलोचित बनेका प्रेम आले देउवा सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेपछि लोकप्रिय बनेका छन् । उनको निर्देशनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटदेखि आन्तरिक टर्मिनलसम्म ’सटल बस’सञ्चालन गरिएको छ ।

विमानस्थलमा यात्रुहरूलाई ट्याक्सी चालकले दुःख दिएको तथा मनोमानी रूपमा भाडा लिएको गुनासो बढेपछिमनत्री आलेको पहलमा अहिले निशुल्क सटल बसको सेवा सुरु गरिएको हो ।विमानस्थलमा भएका तीनमध्ये दुई वटा बसबाट यात्रुलाई निशुल्क सेवा दिन थलिएको छ ।

ट्याक्सी चढ्न नसक्ने र निजी गाडी नभएका यात्रुहरूका लागि तत्काल दुई वटा माइक्रोबसबाट सेवा सुरु गरिएको विमानस्थलले जनाएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले वैदेशिक रोजगारमा जाने श्रमिकका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र विश्रामकक्षको समेत व्यवस्था गरेको छ ।

आन्तरिक टर्मिनलमा रहेको टयाक्सीमध्ये अधिकांश मिटरमा जान मान्दैनन् । कतिपय ट्याक्सीहरुले त सामान्य व्यक्तिहरुलाई ठगेका छन् ।यसरी निशुल्क बसको व्यवस्था भएपछि यात्रुहरु उत्साहित देखिएका छन् ।यता बस चालक पनि यसरी यात्रुहरुको सेवा गर्न पाउदा आफुहरु पनि खुसि भएको बताउछन् ।

सुरुको दिन नै २ सय भन्दा बढि यात्रुहरुलाई सुविधा दिएको उनीहरु बताउछन् । यसअघि यात्रुलाई ट्याक्सी चालकहरुले ठग्ने गरेको गुनासो आउने गरेको थियो । अब भनेविमानस्थलबाट आन्तरिक हवाई यात्रा गर्ने यात्रुले हरेक दिन बिहान ६ देखि राति ११ बजेसम्म सटल बसमा निःशुल्क यात्रा गर्न पाउनेछन् ।