Ultimate magazine theme for WordPress.

कट्रिना–बिक्कीको विहेमा सलमानलाई निम्तो, भिडिओ/फोटो खिच्न नपाइने भन्दै हस्ताक्षर

90

बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफको यसै महिना विवाह हुँदैछ। टाइम्स अफ इन्डियाका अनुसार उनीहरुको विवाहमा बलिउड स्टार सलमान खानलाई निम्तो पठाइएको छ। सलमान र कट्रिनाबीच बलिउडमा एकपटक प्रेम सम्बन्धको हल्ला मज्जाले चलेको थियो।

अहिले को’रोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै विक्की र कट्रिनाले आफ्नो बिहेमा थोरै पाहुनालाई मात्र बोलाउने पनि समाचारमा जनाइएको छ। खबरअनुसार बिहेको कार्यक्रम भारतको राजस्थानस्थित रोयल प्यालेस ‘सिक्स सेन्सेस फोर्ट बर्बारा’ मा भव्य रुपमा आयोजना हुनेछ।

आफ्नो विवाहको दिनमा यो जोडीले सलमान खान, आलिया भट्ट, करण जोहर र बोस्को मार्टिस लगायत चर्चित कलाकारलाई बोलाइसकेका छन्। यद्यपी सलमान खानले उनीहरुको विवाह छुटाउन सक्नेछन्। उनीहरुको बिहेको समयमा सलमानको रियादमा कार्यक्रम छ।

यसैबीच भारतीय संचारमाध्यमका अनुसार उनीहरुको विवाहमा अतिथिले फोटो र भिडिओ खिच्न पाउने छैनन्। त्यहाँ मोबाइल प्र’तिबन्ध लगाइएको छ। फोटो र भिडिओ खिच्न नपाउने सर्तमा अतिथिहरुलाई हस्ताक्षर गर्न लगाइएको जनाइएको छ।