Ultimate magazine theme for WordPress.

पढाईमा पनि अब्बल गायिका रचना रिमाल, उत्कृष्ट ग्रेडसहित कक्षा १२ पास

190

गायिका रचना रिमाल पढाईमा पनि अब्बल छिन् । गायिकिमा जसरी सफलता पाईरहेकी छन्, त्यसरी नै पढाईमा पनि उनी एक कदम अगाडि देखिएकी छन् । जसको पछिल्लो उदाहरण हो । कक्षा १२ को नतिजा ।

उनले ३.४४ को उत्कृष्ट ग्रेडसहित कक्षा १२ पास गरेकी छन् । उनी गायिकीमा ब्यस्त हुँदै गएपछि कलेज नगई घरमै बसेर पढ्थिन् ।उनले झापाको भद्रपुरस्थित प्रज्ञा एकेडेमीबाट कक्षा १२ को परीक्षा दिएकी हुन् । कक्षा १२ उत्तिर्ण भएसँगै स्नातकको पढाई सुरु गर्ने भएकी छिन् ।

फेसबुकमा एक स्ट्याटस लेख्दै उनले १२ पासको जानकारी गराएकी हुन् । जहाँ उनलाई बधाई तथा सुभकामना दिनेको ओइरो लागेको छ । नेपाल आइडलबाट एकाएक चर्चामा आएकी रिमालको हाल बसाई काठमाडौंमा धेरै हुने गरेको छ ।गीत संगितमा व्यस्त रचनाले संगितको कक्षा समेत लिन थालेकी छिन् ।

गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको कक्षा १२ को परीक्षामा करीब ३ लाख ८५ हजार विद्यार्थी सहभागी भएका थिए । पटक–पटक कारोना भाइरसको कारण पछि सरेको परीक्षा विद्यार्थीहरुलाई खोपको व्यवस्था गरेर भौतिक रुपमै सम्पन्न भएको थियो ।