Ultimate magazine theme for WordPress.

नेकपा एमालेकी नेतृ शान्ता चौधरी कक्षा १२ मा उत्तीर्ण

93

काठमाडौं: नेकपा एमालेकी सचेतक एवं सांसद शान्ता चौधरीले कक्षा १२ मा उत्तीर्ण भएकी छन्। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा प्रकाशन गरेको थियो।

उनका स्वकीय सचिव सन्तोष दहितले शान्ता चौधरी उत्तीर्ण भएको जानकारी दिएका छन्। गत असोज ८ गतेदेखि भएको कक्षा १२ को परीक्षामा उनले नयाँ बानेश्वरको रत्न राज्यलक्ष्मी उच्च माविको होम सेन्टरबाट परीक्षा दिएकी थिइन् ।त्यस्तै गायिका रचना रिमाल पढाईमा पनि अब्बल छिन् ।

गायिकिमा जसरी सफलता पाईरहेकी छन्, त्यसरी नै पढाईमा पनि उनी एक कदम अगाडि देखिएकी छन् । जसको पछिल्लो उदाहरण हो । कक्षा १२ को नतिजा ।उनले ३.४४ को उत्कृष्ट ग्रेडसहित कक्षा १२ पास गरेकी छन् । उनी गायिकीमा ब्यस्त हुँदै गएपछि कलेज नगई घरमै बसेर पढ्थिन् ।

उनले झापाको भद्रपुरस्थित प्रज्ञा एकेडेमीबाट कक्षा १२ को परीक्षा दिएकी हुन् । कक्षा १२ उत्तिर्ण भएसँगै स्नातकको पढाई सुरु गर्ने भएकी छिन् ।फेसबुकमा एक स्ट्याटस लेख्दै उनले १२ पासको जानकारी गराएकी हुन् । जहाँ उनलाई बधाई तथा सुभकामना दिनेको ओइरो लागेको छ ।

नेपाल आइडलबाट एकाएक चर्चामा आएकी रिमालको हाल बसाई काठमाडौंमा धेरै हुने गरेको छ ।गीत संगितमा व्यस्त रचनाले संगितको कक्षा समेत लिन थालेकी छिन् ।गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको कक्षा १२ को परीक्षामा करीब ३ लाख ८५ हजार विद्यार्थी सहभागी भएका थिए ।

पटक–पटक कारोना भाइरसको कारण पछि सरेको परीक्षा विद्यार्थीहरुलाई खोपको व्यवस्था गरेर भौतिक रुपमै सम्पन्न भएको थियो ।