Ultimate magazine theme for WordPress.

यस वर्षको सर्वश्रेष्ठ ठ’हरिएको तस्वीर, जसले आँखा रसाउछ, अनि हिम्मत दिलाउँछ

209

एजेन्सी । टर्कीका फोटोग्राफर मेहमत असलनले एउटा यस्तो तस्वीर खिचेका छन् ।जसले जो कोहीको आँखा रसाउँछ । यो तस्वीर केवल कसैलाई भावुक बनाउने मात्रै होइन हारिसकेका मानिसहरुको हिम्मत र हौसला बढाउने पनि क्षमता राख्छ ।

यो अहिले सर्वत्र फैलिरहेको छ । यो तस्वीरका पिता र पुत्रको प्रेम देखिएको छ ।यी पिता–पुत्र जीवनमा आएका लाखौं कठिनाइलाई पार गर्दै मुस्कुराइरहेका छन् । यो तस्वीरलाई यस वर्षको सर्वश्रेष्ठ तस्वीर चुनिएको छ ।मेहमत असलनले यो फोटो सिरिया–टर्की सीमा नजिकै हैटे प्रान्तको रेहनालीमा बसिरहेका एक सिरियाली श’रणार्थी परिवारका पिता पुत्रको खुसी देखाउन खोजेका छन् ।

तस्वीरमा देख्न सकिन्छ कि पिता र पुत्र दुवै विकलांक छन् तर उनीहरु खुसीले मु’स्कुराइरहेका छन् । पिताको एउटा खुट्टा छैन तर छोराको त हात र खुट्टा दुवै छैनन् ।यो फोटोलाई सिएना इन्टरनेशनल अवार्डस २०२१ मा ‘फोटो अफ द इयर’ चुनिएको छ ।फोटोमा भएका पिताले सि’रियामा एक ब्ला’ष्टमा आफ्नो खुट्टा गु’माएका थिए ।

जबकि उनकी ग’र्भवती पत्नी गृ’हयु’द्धकै क्रममा वि’षालु ग्यासको सम्पर्कमा आइन् जसका कारण उनीहरुका छोरा हात–खुट्टा नभएका ज’न्मिए ।सिरिया एक दशकभन्दा धेरै समयदेखि गृहयु’द्धसँग जुधिरहेको छ । अहिलेको समयमा विश्वकै सबैभन्दा ठूलो श’रणार्थी सं’कट सिरियाको छ ।

सिरियामा ११ वर्षदेखि जारी ल’डाईमा ठूलो संख्यामा सि’रियालीहरु घर छाडेर भाग्न बा’ध्य भएका छन् ।११ वर्षमा करिब ६६ लाख सि’रियालीहरु श’रणार्थी बनेका छन् । सिरियाबाट ३६ लाख मानिस टर्कीमा, ८ लाख लेबनानमा, ६ लाख जोर्डनमा, अढाइ लाख इराकमा, १ लाख ३० हजार इजिप्टमा श’रण लिएका छन् ।