Ultimate magazine theme for WordPress.

वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ अमेरिकाको दुई महिनाको बसाई पछि मातृभूमि फर्के [हेर्नुस १६ तस्बिर]

218

डिसी महानगर क्षेत्र । वरिष्ठ हास्य ब्यंग्य कलाकार ,गायक मदन कृष्ण श्रेष्ठ अमेरिकाको दुई महिनाको बसाई पछि मातृभूमि फर्केका छन् । नितान्त पारिवारिक भ्रमणमा अमेरिका आएका श्रेष्ठ आफ्नी सुपुत्री गायिका तथा निर्देशक सराना श्रेष्ठसंग नेपालबाट संगै सेप्टेम्बर २९ ,२०२१ का दिन अमेरिका आएका थिए ।

उनि अमेरिकाको डिसी क्षेत्रको डलस अन्तर्राष्ट्रिय विमानस्थलबाट डिसेम्बर ३ शुक्रबारका दिन बिहान १०:३५ मिनेटमा कतार हवाई जहाजबाट नेपालको लागि प्रस्थान गरे । उनलाई विमानस्थल सम्म बिदाई गर्न छोरी सराना तथा अन्य परिवारका सदस्यहरु गएका थिए ।

यस पटक पारिवारिक भ्रमण रहेता पनि कलाकार श्रेष्ठ मौन भएर बसेनन् । उनि भित्र रहेको कलाकारितालाई भरपुर सदुपयोग गरे । त्यसमा पनि उनकी सुपुत्री स्वयम गायिका तथा निर्देशक भएको नाताले बुवालाई संगै लगेर एक भिडियो(श्रब्य दृश्य )समेत बाल्टिमोरमा निर्माण गरि दिइन ।

समयले साथ दिएकोले अमेरिका भएको मौकामा एउटा गीत समेत बनेको छ ।५० बर्ष अगाडी गएको गीतलाई बाल्टिमोरमा छायाँकन गरि समापन गरिएको छ ।यस पटकको पारिवारिक भ्रमण सबैभन्दा लामो समय उनले आफ्नी छोरी, ज्वाई तथा नातीसंग बिताए ।

अमेरिका आएको समयमा उनले अमेरिकाका केही राज्यहरुमा भ्रमण गर्ने अवसर पाए । केही राज्यहरुमा सम्मान पाए । त्यति मात्र नभई आफ्नो गीत पनि लोकार्पण अमेरिकाबाटै गरे । विभिन्न कार्यकमहरुमा उनले सहभागिता जनाए । थुप्रै स्थानमा उनले भाषण गरे र आफ्ना विचार स्पष्ट रुपमा राखेका थिए ।

उनले उनि नेपालमा हुँदा उनकी सुपुत्री सराना श्रेष्ठले निर्देशन गरेको ह्याप्पी हार्ट नामक गीत इन्दिरा जोशीसंग गाएको गीत एनपीपीएको बार्षिक समारोहमा मेरिल्याण्डमा बिमोचन गरिएको थियो ।उनले अनवरत रुपमा कलाकारिताको माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै र सामाजिक सचेतनामा ठूलो भूमिका निर्वाह गरेकोमा मेरिल्याण्ड राज्यको बिधान सभाले सम्मान गर्यो ।

उक्त सम्मान पत्र बिधान सभा सदस्य (सांसद)डा ह्यारी भण्डारीले प्रदान गरेका थिए ।यसको साथै भर्जिनिया इनास तथा न्याकले सयुक्त रुपमा सम्मान गरेको थियो भने क्यालिफोर्निया र बाल्टिमोरमा पनि सम्मान गरिएको थियो । उनले दशैँ छोरी नाती ज्वाईसंग र तिहार भने क्यालिफोर्नियामा मनाएका थिए ।

साथै उनले अमेरिकी धन्यबाद दिवस(थ्यांक्सगिभिंग )पनि १३ बर्ष पछि भर्जिनियामा मनाएका थिए ।साथै यस पटक नाती निर्भिकको १३ औ जन्म दिनमा पनि संगै मनाउन पाएका थिए ।