Ultimate magazine theme for WordPress.

फिफा रेफ्री अन्जना र रोजेन वैवाहिक जीवनमा बाँधिदै

139

काठमाडौं – महिला फिफा रेफ्री अन्जना राई र अखिल नेपाल फुटबल संघ (एन्फा) को रेफ्री विभागका रेफ्री म्यानेजर रोजेन श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिने भएका छन् ।

त्रिभुवन आर्मी क्लबमा आबद्ध रहेकी अन्जना र पूर्व फिफा सहायक रेफ्री समेत रहेका रोजेनको बिहीबार टिकाटाला भएको थियो ।दुई परिवारको उपस्थितिमा उदयपुर गाईघाटस्थित अन्जनाको घरमा टिकाटाला भएको थियो । रोजेनका अनुसार माघको ८ गते विवाह हुने तय भएको छ ।

व्यावसायिक कामकै सिलसिलामा भेट भएका उनीहरु पछिल्लो तीन वर्षदेखि प्रेममा रहेको रोजेनले बताए ।पूर्व फुटबल खेलाडी समेत रहेका काठमाडौं बल्खुका ३५ वर्षे रोजेनले सन् २०१३ देखि २०२० सम्म फिफा सहायक रेफ्रीको भूमिका निर्वाह गरेका थिए । २८ वर्षे अन्जना भने यसै वर्ष फिफा रेफ्री बनेकी थिइन् ।

यो पनि – नेपाल भलिबल संघ (एनभीए) ले बंगलादेशमा हुने प्रतियोगिताको लागि पहिलो चरणको महिला खेलाडी छनोट गरेको छ । रेश्मा भण्डारीलाई बाहिर राख्दै एनभीएले एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल (एभीसी सेन्ट्रल जोन) मा सहभागी हुने खेलाडीको लागि शनिबार पहिलो चरणको नाम छनोट गरेको हो ।

संघले यसअघि पहिलो चरणको प्रशिक्षणमा २० खेलाडीलाई संघले बोलाएको थियो । जसबाट दोस्रो चरणका लागि १५ खेलाडी नाम सार्वजनिक गरिएको हो । जसबाट अन्तिम १२ छनोट अर्काे साता हुनेछ । संघले नियमित राष्ट्रिय टोलीबाट खेलिरहेकी रेश्मालाई बाहिर राखेको छ ।

विभागीय टोली एपीएफ क्लबमा आवद्ध रेश्माले क्लब स्तरमासमेत राम्रो प्रदर्शन दिन सकिरहेकी थिइनन् । संघले १३औँ दक्षिण एसियाली प्रतियोगिता र सेन्ट्रर जोन खेलेकी जानकी भण्डारी र पुनम चन्दलाईसमेत बाहिर राखेको छ । पहिलो चरणबाट प्रशिक्षक जगदिश भट्टले पुलिसकी शान्तिकला तामाङ र उषा विष्टलाईसमेत बाहिर राखेका छन् ।

पहिलो चरणमा आर्मीका पाँच खेलाडी छन् । यस्तै, पुलिसबाट चार खेलाडी रहदा न्यू डायमण्ड एकेडेमी र एपीएफ क्लबबाट समान ३-३ खेलाडी रहेका छन् । प्रशिक्षक जगदिश भट्टले १५ सदस्यीय टोलीमा लक्ष्मी चन्दलाई पहिलो पटक स्थान दिएका छन् ।

प्रतियोगिता २१ देखि २९ डिसेम्बरसम्म बंगलादेशमा आयोजना हुँदैछ । नेपाल साविक विजेतासमेत हो । नेपालले फाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । यस्तै, संघले पुरुषतर्फंको नाम नाम भोलि (आइतबार) सार्वजनिक गर्ने जनाएकाे छ ।

न्यू डायमण्ड एकेडेमी : अरुना शाही, प्रतिभा माली, सलिना श्रेष्ठ । नेपाल पुलिस क्लब : उषा भण्डारी, मनिषाकुमारी चौधरी, कामना विष्ट, लक्ष्मी चन्द । त्रिभुवन आर्मी क्लब : शान्ति थारु, सफिया पुन, सुनिता खड्का, कृपा अधिकारी, सरस्वती जैशी । एपीएफ क्लब : सरस्वती चौधरी, कविता भट्ट, निरुता थगुङ्ना ।